कास्की–२ मा कांग्रेसका बागी बने निर्दोष
मङ्गलबार, ०६ माघ २०८२, १९ : २२
पोखरा । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघका नेता निर्दोष विक्रम पौडेलले बागी उम्मेदवारी दिएका छन् ।
कास्की क्षेत्र नम्बर २ बाट उनले बागी उम्मेदवारी दिएका हुन् ।
युवालाई समेट्ने नीति विशेष महाधिवेशनबाट गरे पनि कार्यान्वयनमा नआएको भन्दै आफूले स्वतन्त्र उम्मेदवारी दिएको २६ वर्षीय उनले बताएका छन् ।
‘व्यापारीलाई टिकट दिनलाई र त्यही पुराना मान्छेलाई टिकट दिनलाई आफ्नो सिर्फ हस्ताक्षर चलाउनका लागि मात्रै देश र कांग्रेसलाई यो भड्खालोमा हालेको हो ?,’ उनले केन्द्रीय सभापति गगन थापालाई प्रश्न गरेका छन्, ‘रूपान्तरण पुस्तान्तरणको रमिता यसैका लागि मात्रै हो ? तपाईंहरू र पुरानो नेतृत्वमा फरक के भयो त ?’
उम्मेदवारी फिर्ता नलिने उनले अडान लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबिच सहकार्य
-
युक्रेन–रुसबिच फेरि आक्रमण
-
कृषिमा लगानी गर्दैमा स्वतः ‘ग्रीन’ हुँदैन, नीतिगत स्पष्टता आवश्यक : कार्यकारी निर्देशक पौडेल
-
बजेटमा उद्योग वाणिज्य महासङ्घको असन्तुष्टि : ‘करको भार घटेन, नीतिगत अस्थिरताको त्रास
-
मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छ : डा. सीके राउत
-
एआईको बढ्दो प्रयोगले विश्वव्यापी रूपमा ऊर्जा र पानीको चरम सङ्कट निम्त्याउन सक्छ : उपाध्यक्ष पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण