धनकुटा कांग्रेसमा ओझालाई कार्यवाहक सभापतिको जिम्मेवारी
धनकुटा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राई धनकुटाबाट प्रत्यक्ष तर्फका उम्मेदवार बने सँगै जिल्लाको कार्यवाहक सभापति पदमा पार्टी उपसभापति निर्मल प्रसाद ओझालाई दिइएको छ ।
आज बुधबार बसेको जिल्ला कार्यसमिति बैठकको निर्णय र पार्टीको विधान अनुसार ओझालाई कार्यवाहक दिइएको हो ।
निर्वाचनमा विजय प्राप्त गर्नका लागि मतदाताहरू सँग भेटघाट लगायत चुनावी कार्यक्रममा व्यस्त रहनुपर्ने भएकोले उपसभापति ओझालाई कार्यवाहक दिइएको पत्रमा उल्लेख रहेको छ ।
निर्वाचन कमान्डरको जिम्मेवारी पाएसँगै ओझाले धनकुटा जिल्लामा नेपाली कांग्रेसका युवा नेता दिनेश राईलाई रूख चिन्हमा मतदान गरी जिल्लामा परिवर्तन ल्याउन आफ्नो भरमग्दुर प्रयास रहने स्पष्ट पारेका छन् । उनले राजनीतिक, वैचारिक स्पष्टता र सङ्गठनात्मक अनुशासनका साथ निर्वाचन अभियानलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उता, नेपाली कांग्रेसका उम्मेदवार तथा सभापति दिनेश राईले पार्टीलाई एकताबद्ध र सफल बनाउने उद्देश्यले उपसभापति तथा भिजनरी नेता निर्मल प्रसाद ओझालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको जानकारी दिए ।
उनले ओझाको नेतृत्वमा पार्टी थप सशक्त र सफल हुने विश्वास व्यक्त गर्दै यस परिवर्तनले धनकुटा कांग्रेसमा नयाँ रक्तसञ्चार हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सुपर सब’ डियालो चम्किँदा आइभोरी कोस्ट विजयी
-
अमेरिका र इरानबिच युद्धविरामको सहमति : शुक्रबार औपचारिक रूपमा हस्ताक्षर गर्ने कार्यक्रम
-
राष्ट्रिय सभामा बजेटमाथिको छलफल जारी : आज अर्थमन्त्री वाग्लेले जवाफ दिने
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण