शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जम्मु-कश्मीरको डोडामा भारतीय सेनाको गाडी दुर्घटना, १० जवानको मृत्यु

बिहीबार, ०८ माघ २०८२, १७ : १८
बिहीबार, ०८ माघ २०८२

जम्मू कश्मीर । जम्मू–कश्मीरको डोडा जिल्लामा बिहीबार सेनाको एउटा गाडी ४०० फिट गहिरो खाडलमा खस्दा १० जवानको मृत्यु भएको छ ।

दुर्घटनामा परी ११ जनालाई एयरलिफ्ट गरी उधमपुर मिलिटरी अस्पताल पठाइएको छ । 

सेनाका एक अधिकारीका अनुसार गाडीमा २१ जना जवान सवार थिए । उनीहरू डोडाबाट माथिल्लो चौकीतर्फ जाँदै गर्दा भद्रवाह–चंबा अन्तरराज्यीय सडकको खन्नी टप नजिकै चालकले गाडी नियन्त्रण गुमाएका थिए ।

घाइते सैनिकहरूलाई एयरलिफ्ट गरी अस्पताल पुर्‍याइएको र वरिष्ठ अधिकारीहरूलाई उत्कृष्ट उपचार सुनिश्चित गर्न निर्देशन दिइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप