मनाङमा कांग्रेस–एमालेले भाग लगाए केन्द्र र प्रदेश
सारांश
- मनाङमा नेकपा एमालेले चुनाव नलड्ने निर्णय गर्दै उम्मेदवारी फिर्ता लिएको छ।
- कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुँदा स्थानीय लामा गुरुहरूको पहलमा चिट्ठाबाट निर्णय लिइयो।
- चिट्ठामा कांग्रेसले चुनाव लड्ने र एमालेले प्रदेशका २ क्षेत्रमा सघाउने समझदारी बन्यो।
मनाङ । मनाङमा प्रमुख प्रतिस्पर्धी दल नेकपा एमालेले चुनाव नलड्ने भएको छ । एमालेका उम्मेदवार पाेल्देन छोपाङ गुरुङले उम्मेदवारी फिर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका हुन् । मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलका अनुसार एमालेको उम्मेदवारी फिर्ताको पत्र दर्ता भैसकेको छ । राप्रपाले पनि मनाङमा चुनाव नलड्ने भएको छ ।
राप्रपा उम्मेदवार कुविरसिङ गुरुङले पनि मनोनयन फिर्ताका लागि निवेदन दिएका हुन् । स्रोतका अनुसार एमालेले मनाङमा कांग्रेसलाई सघाउने भएको छ । अब कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी यहाँको प्रमुख प्रतिस्पर्धी भएका छन् । नेकपाले यशोदा सुवेदीलाई उम्मेदवार बनाएको छ ।
किन फिर्ता लियो एमालेले ?
मनाङमा कांग्रेस र एमाले प्रमुख प्रतिस्पर्धी भएपछि गाउँमा भएका लामा गुरुहरूले मिलाउने प्रयास गरे । चुनावमा धेरै झै–झगडा हुने र कहिलेकाहीँ अप्रिय घटना नै हुने गरेपछि यसपालि प्रमुख दलहरू मिलेर चुनावमा सहभागी हुनुपर्ने उनीहरूको प्रस्ताव थियो । बिहीबार भ्राताङमा भएको भेलामा दुवै उम्मेदवार टसमस नभएपछि चिट्टाबाट निर्णय लिने प्रस्ताव गरियो ।
कांग्रेसका टेकबहादुर गुरुङ र एमालेका पोल्देन छोपाङ गुरुङको उपस्थितिमा चिट्ठा तान्दा कांग्रेसले आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्ने र एमाले ब्याक हट्ने फैसला भयो । सोही अनुसार शुक्रबार बिहानै पोल्देनले उम्मेदवारी फिर्ता लिन लागेका हुन् । मनाङमा यो परम्परा पुरानो हो ।
चिट्ठा अनुसार प्रदेशका २ निर्वाचन क्षेत्र अब एमालेले पाउने छ । आगामी निर्वाचनमा प्रदेशका क्षेत्रमा कांग्रेसले एमालेलाई सघाउने समझदारी भएको हो । मनोनयन फिर्ताको निवेदनमाथि ३ बजेपछि मात्रै निर्णय हुने मुख्य निर्वाचन अधिकृत पौडेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण