शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

राष्ट्रियसभा निर्वाचनमा राप्रपा सहभागी नहुने

शुक्रबार, ०९ माघ २०८२, ११ : ४३
शुक्रबार, ०९ माघ २०८२

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा सहभागी नहुने भएको छ।
  • राप्रपा प्रवक्ता मोहन श्रेष्ठले पार्टीको सम्पूर्ण शक्ति प्रतिनिधिसभा सदस्य निर्वाचनमा केन्द्रित गर्ने बताए।
  • राप्रपाका २८ प्रदेश सांसद र स्थानीय तहका केही प्रमुख तथा उपप्रमुखहरू छन्।

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहभागी नहुने भएको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले पार्टीको सम्पूर्ण शक्ति प्रतिनिधिसभा सदस्य निर्वाचनमा केन्द्रित भएकाले राष्ट्रियसभा निर्वाचनमा सहभागी नहुने जानकारी दिए । 

‘राप्रपा माघ ११ को राष्ट्रियसभा निर्वाचनमा सहभागी हुँदैन’, प्रवक्ता श्रेष्ठले भने, ‘यो निर्वाचनमा हाम्रा उम्मेदवार पनि छैनन् र प्रतिनिधि सभामा हाम्रो सम्पूर्ण ध्यान भएकाले राष्ट्रियसभामा नअल्मलिने निष्कर्षमा पुगेका हौँ ।’

राष्ट्रियसभाका मतदाता प्रदेश सभा र स्थानीय तह प्रमुख उपप्रमुख हुन्छन् । राप्रपाका २८ प्रदेश सांसद छन् भने स्थानीय केही प्रमुख तथा उपप्रमुख पनि रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप