उम्मेदवारी फिर्ता लिन्न, जिल्लाको सिफारिसलाई पार्टीले मान्यता दिनेमा विश्वस्त छु : दाहाल
सिन्धुली । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेता महेश्वर दाहालले सिन्धुली क्षेत्र नम्बर-२ बाट उम्मेदवारी फिर्ता नलिने अडान दोहोर्याएका छन् । पार्टीको जिल्ला कार्यदलले गरेको सिफारिसलाई बेवास्ता गरी केन्द्रबाट उम्मेदवार 'थोपरिएको' भन्दै उम्मेदवारी फिर्ता नलिने बताएका हुन् ।
जिल्ला पार्टी कार्यदलले सिन्धुली–२ का लागि हरिबोल गजुरेल, पानीराज बम्जन र महेश्वर दाहालको नाम सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा दाहालले निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
दाहालको उम्मेदवारीमा हरिबोल गजुरेल प्रस्तावक र पानीराज बम्जन समर्थक रहेका छन् । जसले जिल्लाको आधिकारिक टोली एकढिक्का रहेको सन्देश दिएको उनले बताए।
सिन्धुली क्षेत्र नम्बर १ बाट सिफारिस भएका राजन दाहाललाई अचानक क्षेत्र नम्बर २ मा ल्याइएपछि जिल्ला तहका नेता र कार्यकर्ताहरू रुष्ट बनेका छन्। जिल्लाले गरेको निर्णय र सिफारिसलाई लत्याएर केन्द्रले हठात रूपमा उम्मेदवार परिवर्तन गरेकोमा नेता दाहालले आपत्ति जनाए।
रातोपाटीसँग कुरा गर्दै नेता दाहालले भने– 'हामीले जिल्ला कार्यदलको निर्णय बमोजिम नै उम्मेदवारी दर्ता गरेकोले फिर्ता लिने कुनै तयारी छैन । सिन्धुली–१ का लागि सिफारिस भएका व्यक्तिलाई क्षेत्र नम्बर २ मा ल्याइनु न्यायोचित छैन। पार्टी नेतृत्वले ढिलोचाँडो जिल्लाको भावना बुझ्नेछ र केन्द्रबाट थोपरिएका उम्मेदवारलाई हटाएर स्थानीय सिफारिसलाई नै मान्यता दिनेमा हामी विश्वस्त छौं।'
उनले आफूहरूको कदम पार्टी हितविपरीत नभई जिल्लाको आन्तरिक लोकतन्त्र र कार्यकर्ताको भावना जोगाउनका लागि भएको दाबी समेत गरे। केन्द्रले आफ्नो निर्णय नसच्याउँदासम्म जिल्लाले सिफारिस गरेका उम्मेदवारहरूको अडान कायम रहने देखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् प्रतिकार्य तालिम तथा सचेतनामूलक कार्यक्रम सञ्चालन
-
रास्वपा महाधिवेशन : समर्थक र उम्मेदवार मत माग्न व्यस्त (तस्बिरहरू)
-
काठमाडौँबाट दुई घण्टामै पोखरा पुग्ने मन्त्रीको सपना, कसरी बन्ला काठमाडौँ–पोखरा एक्सप्रेस–वे ?
-
दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान
-
पासपोर्ट छपाई प्रकरण : आज पनि महानिर्देशक अर्यालसहित ७ जनाको बयान
-
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध दायर रिटमा सुनुवाइ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण