आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

काठमाडौँ– १ का कांग्रेसका बागी उम्मेदवार आचार्यले लिए उम्मेदवारी फिर्ता

शुक्रबार, ०९ माघ २०८२, १५ : ०२
शुक्रबार, ०९ माघ २०८२

सारांश

  • काठमाडौँ-१ मा बागी उम्मेदवार बाबुराम आचार्यले उम्मेदवारी फिर्ता लिएका छन्।
  • आचार्यले टिकट नपाएपछि बागी उम्मेदवारी दिएका थिए।
  • उनले कांग्रेसका आधिकारिक उम्मेदवारलाई जिताउन सहयोग गर्ने बताएका छन्।

काठमाडौँ ।  काठमाडौँ–१ नेपाली कांग्रेसका बागी उम्मेदवार बाबुराम आचार्यले उम्मेदवारी फिर्ता लिएका छन् ।  काठमाडौँ क्षेत्र नम्बर १ बाट उम्मेदवार सिफारिस भएका आचार्यले टिकट नपाएपछि बागी उम्मेदवारी दिएका थिए ।

कांग्रेसबाट काठमाडौँ– १ मा प्रबल थापाले उम्मेदवारी दिएका छन् ।  तर उनले नेपाली कांग्रेस वडा, क्षेत्र, जिल्ला, प्रदेशस्तरका कांग्रेस नेता कार्यकर्ताहरूको सल्लाह, सुझाव एवं नेपाली कांग्रेसका सभापति गगनकुमार थापासँगको संवादपछि थापालाई समर्थन गर्दै उम्मेदवारी  फिर्ता लिएको बताएका छन् ।

उनले भने, ‘मेरो भूमिका नेपाली कांग्रेसको आधिकारिक उम्मेदवारलाई विजयी गराउन तन, मनले हुने आदरणीय सबै कांग्रेस नेता, कार्यकर्ता तथा अग्रजहरूमा जनाउँदछु ! नेपाली कांग्रेस जिन्दाबाद, भोट केमा रुखमा हाल्ने छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप