हरित अर्थतन्त्रतर्फ नेपालको ऐतिहासिक पाइला : वनमन्त्री
शुक्रबार, ०९ माघ २०८२, १९ : ४६
काठमाडाैँ । वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले हरित अर्थतन्त्र र कार्बन व्यापारका क्षेत्रमा नेपालले ऐतिहासिक सफलता प्राप्त गरेको घोषणा गरेका छन् ।
शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौलागाईंले वातावरणीय सेवा र कार्बन उत्सर्जन न्यूनीकरणका माध्यमबाट मुलुकलाई समृद्धितर्फ लैजाने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
मन्त्री चौलागाईंले सम्बोधनका क्रममा कर्मचारीतन्त्रीय झमेला र नीतिगत सुस्तताका कारण यो सम्झौता सम्पन्न हुन तीन वर्ष लागेको यथार्थलाई स्वीकार गरे ।
नयाँ नेपालको अवधारणा अनुरुप सरकारी प्रणालीमा सुधार ल्याउनु पर्नेमा जोड दिए। उनले यस सम्झौताले नेपालको प्राकृतिक स्रोतलाई आर्थिक लाभमा रूपान्तरण गर्न र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थितिलाई सुदृढ बनाउन महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण