'फिल्मको पात्रमा आफूलाई ढाल्न ६ महिना एक्सरसाइज गरेँ'
सारांश
- अभिनेत्री आना शर्माले 'रमिताको पिरती' को पात्रका लागि ६ महिना अभ्यास गरिन्।
- फिल्मको ट्रेलर सार्वजनिक भयो, जसमा प्रेम र धोकाको कथा देखाइएको छ।
- यो फिल्म आगामी माघ २३ गते प्रदर्शन हुनेछ, जसमा आना शर्मा र समीर श्रेष्ठ मुख्य भूमिकामा छन्।
काठमाडौँ । अभिनेत्री आना शर्माले फिल्म 'रमिताको पिरती' फिल्मको पात्रमा आफूलाई ढाल्न ६ महिना एक्सरसाइज गरेको बताएकी छन् । फिल्मको अफर आएपछि ६ महिना निर्देशक सुदिप्तासँग बसेर पात्र अनुसार आफूलाई ढालेको उनको भनाइ थियो ।
आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा फिल्मको ट्रेलर सार्वजनिक गरियो । ट्रेलरमा प्रेम र धोकाको कथा प्रस्तुत गरिएको छ । फिल्ममा ट्रेलरले भनेझैँ प्रेम र धोकाका अलवा अन्य धेरै विषय भएको शर्माले बताइन् ।
फिल्म सुदिप्ताले निर्देशन गरेकी हुन् । सुदिप्ताको यो निर्देशनमा डेब्यु फिल्म हो । निर्देशक सुदिप्ता 'रमिताको पिरती'लाई प्रेम कथाभन्दा पनि वियोगान्त कथाका रूपमा दर्शकमाझ परिचित गराउन चाहेको बताइन् । नेपाली फिल्ममा केटा अर्थात् हिरोको तर्फबाट थुप्रै लभस्टोरी फिल्म निर्माण भए पनि आफूले महिलाको दृष्टिकोणबाट कथा भनेकाले दर्शकलाई नयाँ अनुभव हुने उनले बताइन् ।
'एउटा केटीको ब्रेकअपपश्चात् कस्तो माइन्ड सेट हुन्छ, उसले के–के भोग्छ, त्यो कथा देखाउन खोजेकी छु,' उनले भनिन् ।
अभिनेता धीरज मगर पछिल्लो समय आफूले हिरो सेन्ट्रिक नभई हिरोइन वा महिला पात्रको माध्यमबाट भनिने कथामा बढी काम गरेको बताउँछन् । त्यहीमध्ये एक 'रमिताको पिरती' पनि रहेको उनको भनाइ थियो । यति मात्रै नभई दर्शक तथा फ्यानको आफूलाई फरक अवतारमा हेर्ने चाहना पनि यो सिनेमाले पूरा गर्ने दाबी गरे ।
आगामी माघ २३ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्मको केन्द्रमा रमिता अर्थात् आना शर्मा रहेकी छन् । ब्रेकअप स्टोरीमा आधारित फिल्ममार्फत गायक समीर श्रेष्ठले अभिनेताका रूपमा डेब्यु गर्दैछन् ।
सेरो फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्ममा आना र समीरसँगै धीरज मगर, विनय श्रेष्ठ, गौमाया गुरुङ, पशुपति राई, रेनु योगीत, गियना, थिन्ले लामोलगायत कलाकारको अभिनय छ । सन्तोष लम्साल कार्यकारी निर्माता रहेको फिल्ममा आरपी प्रोडक्सन एसोसिएट निर्माता, निर्देशकसमेत रहेका सुवास कोइराला सहनिर्माता छन् । सागर लम्साल निर्माता छन् ।
फिल्ममा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेलको संगीत छ । शिशिर विशंखेको डीओपी रहेको फिल्मको सम्पादन सुनिल शिवभक्तिले गरेका छन् भने कपिल पराजुलीको कलर र कृतिका बरालको कोरियोग्राफी रहेको छ ।
काठमाडौं उपत्यकामा फिल्मलाई रिच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्टले वितरण गर्नेछन् भने उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण