राष्ट्रिय सभामा शक्ति सन्तुलन फेरियो : कांग्रेस शीर्षमा, अरू दलकाे अवस्था कस्ताे ?
सारांश
- आइतबारको निर्वाचनपछि नेपाली कांग्रेस राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल बनेको छ, जसमा २५ सिट पुगेको छ।
- निर्वाचनमा कांग्रेसले ९ सिट जित्दा नेकपा दोस्रो स्थानमा झर्याे, र एमालेले ८ सिट प्राप्त गर्याे।
- निर्वाचनपछि राष्ट्रिय सभामा शक्ति सन्तुलन फेरिएको छ, तर यसको औपचारिक असर फागुन २० पछि मात्र देखिनेछ।
काठमाडाैँ । आइतबार १८ पदका लागि भएको निर्वाचनपछि राष्ट्रिय सभामा नेपाली कांग्रेस सबैभन्दा ठुलो दल बन्न पुगेको छ ।
निर्वाचनपछि नेपाली कम्युनिस्ट पार्टी दोस्रोमा झरेको छ । १८ पद मध्ये आइतबारको निर्वाचनमा कांग्रेसका तर्फबाट ९ जना सदस्य निर्वाचित हुँदा राष्ट्रिय सभामा कांग्रेसको सिट बढेर २५ पुगेको छ । राष्ट्रिय सभामा २५ सांसदसहित कांग्रेसले पहिलो ठुलो दलको हैसियत बनाएको हो ।
यसअघि राष्ट्रिय सभामा कांग्रेसका १६ सांसद थिए । निर्वाचनबाट ९ सांसद थपिएपछि उसको सिटसंख्या बढ्न पुगेको हो । यससँगै राष्ट्रिय सभामा शक्ति सन्तुलन फेरिएकाे छ ।
निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) नेपालबिच चुनावी तालमेल भएको थियो । यही तालमेल अनुसार कांग्रेसले ९, एमालेले ८ र जसपाले १ सिट प्राप्त गरेका हुन् ।
यस निर्वाचनपछि तत्कालीन माओवादी केन्द्रसहित नेकपा एकीकृत समाजवादी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी सबैभन्दा ठुलो दलबाट झरेर दोस्रो ठुलो दलमा खुम्चेको छ ।
राष्ट्रिय सभामा १८ सिटसहित दोस्रो ठुलो दलको हैसियत नेपाली कम्युनिस्ट पार्टीले बनाउँदा नेकपा एमाले भने पूर्ववत ११ सिटसहित तेस्रो स्थानमै सीमित भएको छ ।
यसअघि पनि ११ सांसद रहेको एमाले ८ सांसद बाहिरिने र आइतबारको निर्वाचनमा ८ जना नै थपिएपछि राष्ट्रिय सभामा एमालेका सांसद ११ कायमै हुने भएका हुन् ।
त्यसबाहेक जसपा नेपालका ३ र राष्ट्रिय जनमोर्चाका १ सांसद राष्ट्रिय सभामा कायम भएका छन् । यद्यपि निर्वाचनपछि राष्ट्रिय सभामा बदलिएको समीकरण र फेरिएको हैसियतले आगामी फागुन २० पछि मात्र औपचारिकता पाउनेछ ।
राष्ट्रिय सभाका ५९ सदस्यमध्ये ३ जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने प्रावधान छ ।
छुटाउनुभयाे कि ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण