रौतहटमा १५२ अति संवेदनशील र १०० संवेदनशील मतदान केन्द्र
सारांश
- रौतहटमा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ५४१ मतदान केन्द्र तोकिएको छ।
- निर्वाचन कार्यालयका अनुसार, १५२ अति संवेदनशील, १०० संवेदनशील र २७ मतदान स्थल सामान्य छन्।
- निर्वाचनलाई स्वच्छ बनाउन आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गर्दै उल्लंघन गर्नेलाई कारबाही गरिनेछ।
रौतहट । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रौतहट जिल्लामा ५४१ मतदान केन्द्र निर्धारण गरिएको छ।
जिल्ला निर्वाचन कार्यालय रौतहटका अनुसार जिल्लाका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रअन्तर्गत १५७ वडामा २७७ मतदान स्थल र ५४१ मतदान केन्द्र कायम गरिएको हो।
तीमध्ये १५२ मतदान केन्द्र अति संवेदनशील, १०० संवेदनशील र २७ मतदान स्थल सामान्य रहेको जिल्ला निर्वाचन अधिकारी छोटेलाल दासले बताएका छन्।
जिल्लामा कुल ४ लाख ३६ हजार ६११ मतदाता रहेका छन्। तीमध्ये २ लाख ४० हजार २६७ जना पुरुष, १ लाख ९६ हजार ३४३ जना महिला र १ जना अन्य मतदाता रहेका छन्।
निर्वाचन क्षेत्रगत आवश्यकताअनुसार क्षेत्र नम्बर १, २, ३ र ४ मा फरक–फरक संख्यामा मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। सबै निर्वाचन क्षेत्रमा मतदाता नामावली अद्यावधिक भई अन्तिम सूची सार्वजनिक भइसकेको पनि कार्यालयले स्पष्ट पारेको छ।
आगामी प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आवश्यक सबै तयारी तीव्र पारिएको जिल्ला निर्वाचन अधिकारी छोटेलाल दासले बताएका छन्। उनले आगामी फागुन २१ गते हुने निर्वाचनमा सम्पूर्ण राजनीतिक दललाई आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरेका छन्।
आचारसंहिता पालना भएमा निर्वाचन सहज रूपमा सम्पन्न गर्न सकिने भन्दै उल्लंघन गर्ने कुनै पनि दललाई कारबाहीको दायरामा ल्याइने दासले चेतावनी दिएका छन्।
उनका अनुसार मतदाता शिक्षा, सुरक्षा व्यवस्था लगायत विषयमा सम्बन्धित निकायसँग समन्वय गरी काम अघि बढाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण