भेनेजुएलामा कारबाहीका क्रममा गोप्य हतियारको प्रयोग : ट्रम्प
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका नेता निकोलस मादुरोलाई नियन्त्रणमा लिने क्रममा अमेरिकाले एक गोप्य हतियार प्रयोग गरेको दाबी गरेका छन् । सो हतियारका कारण भेनेजुएलाका सैन्य उपकरणहरू काम नगर्ने अवस्थामा पुगेको उनले बताए ।
एक अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले उक्त हतियारका कारण भेनेजुएलाले प्रयोग गर्न तयार पारेका क्षेप्यास्त्र र अन्य सैन्य प्रणाली निष्क्रिय बनेको दाबी गरे । उनका अनुसार रूसी र चिनियाँ सहयोगमा तयार गरिएका उपकरणहरूले बटन थिच्दा पनि कुनै काम गर्न सकेनन् ।
यसअघि मादुरोको निवास क्षेत्रमा गरिएको कारबाहीका क्रममा राजधानी काराकासका धेरै स्थानमा बत्ती निभेको ट्रम्पले बताएका थिए, तर त्यसको तरिका खुलाएका थिएनन् ।
राष्ट्रपति ट्रम्पले लागुऔषध तस्कर समूहविरुद्ध सैनिक कारबाहीलाई निरन्तरता दिने सङ्केत पनि गरेका छन् । उनका अनुसार यस्तो कारबाही मध्य अमेरिका र मेक्सिकोसम्म पनि फैलिन सक्नेछ ।
हालै अमेरिकाले प्रशान्त महासागर क्षेत्रमा लागुऔषध तस्करीमा संलग्न एक डुङ्गामाथि आक्रमण गरेको थियो । मादुरो नियन्त्रणमा लिएयता यो पहिलो सैन्य कारबाही हो । गत सेप्टेम्बरयता क्यारिबियन र प्रशान्त क्षेत्रमा भएका यस्ता कारबाहीमा एक सय सत्र जनाको मृत्यु भइसकेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्व डीआईजी ठकुरीको निधन
-
मन्त्री फेर्ने हल्लाबिच रास्वपाको पदाधिकारीमा क–कसको छ चर्चा ?
-
इक्वेडरलाई सजिलै हराउँदै सह-आयोजक मेक्सिको अन्तिम १६ मा
-
ट्राफिक कारबाहीमा एकैदिन २१ लाख ४० हजार राजस्व सङ्कलन
-
देशभरका साना नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन अपिल
-
घरेलु मैदानमा मेक्सिकोको सानदार प्रदर्शन, पहिलो हाफमै इक्वेडरविरुद्ध २–० को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण