नागढुङ्गाबाट साढे २ किलो चाँदीसहित पर्साका युवक पक्राउ
काठमाडौँ । वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बसबाट प्रहरीले ठुलो परिमाणमा चाँदी जस्तो देखिने धातु बरामद गरेको छ ।
चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गा चेकप्वाइन्टमा मंगलबार बिहान साढे ६ बजे गरिएको चेकजाँचका क्रममा १६ लाख ९० हजार रुपैयाँ बराबरको धातुसहित एक युवक पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१६ घर भएका २५ वर्षीय किसन साह छन्। म.प्र. ०१–००१ ख ७७२१ नम्बरको यात्रुवाहक बसमा सवार उनले लुकाइछिपाई ल्याएको २ किलो ५०० ग्राम तौलको चाँदी जस्तो देखिने सेतो धातु प्रहरीले फेला पारेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार प्रहरी प्रभाग नागढुङ्गा र लागू औषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले उक्त धातु बरामद गरेको हो ।
अवैध रूपमा ल्याइएको उक्त धातु र नियन्त्रणमा लिइएका साहमाथि थप अनुसन्धानका लागि प्रहरी वृत्त थानकोट पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्री फेर्ने हल्लाबिच रास्वपाको पदाधिकारीमा क–कसको छ चर्चा ?
-
इक्वेडरलाई सजिलै हराउँदै सह-आयोजक मेक्सिको अन्तिम १६ मा
-
ट्राफिक कारबाहीमा एकैदिन २१ लाख ४० हजार राजस्व सङ्कलन
-
देशभरका साना नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन अपिल
-
घरेलु मैदानमा मेक्सिकोको सानदार प्रदर्शन, पहिलो हाफमै इक्वेडरविरुद्ध २–० को अग्रता
-
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण