कास्कीमा निर्वाचन प्रहरीको तालिम आइतबारदेखि
सारांश
- निर्वाचनको सुरक्षाका लागि खटिने प्रहरीको तालिम आइतबारबाट सुरु हुनेछ।
- जिल्लामा २,३०३ निर्वाचन प्रहरी छनोट भइसकेका छन् र उनीहरूलाई तालिम दिइनेछ।
- १८ वर्ष पूरा भएका र ५४ वर्ष ननाघेका व्यक्ति निर्वाचन प्रहरीका लागि योग्य हुनेछन्।
गण्डकी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरीको तालिम आइतबारदेखि सुरु हुने भएको छ ।
जिल्लामा खटिने दुई हजार ३०३ निर्वाचन प्रहरीको छनोट भइसकेको र आइतबार नियुक्ति दिएर तालिममा सहभागी गराइने सहायक प्रमुख जिल्ला अधिकारी एवं निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समितिका सदस्यसचिव चित्राङ्गत बरालले जानकारी दिए ।
उनका अनुसार कास्कीमा वैकल्पिक सूचीमा रहेका निर्वाचन प्रहरीलाई स्याङ्जामा खटाउने तयारी भइरहेको छ । सुरुमा दरखास्त कम परेपछि दुई पटकसम्म म्याद थप गरेर निर्वाचन प्रहरीको छनोट गरिएको छ ।
निर्वाचन प्रहरीमा नियुक्ति तथा तालिमका लागि जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल, नेपाल नं २४ कालिका गणमा सम्पर्क राख्न सम्बन्धित उम्मेदवारहरूलाई सूचित गरिएको छ ।
निर्वाचन प्रहरी भर्नामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलबाट सेवानिवृत्त पूर्वसुरक्षाकर्मी, पूर्ववनरक्षक, यसअघि सम्पन्न भएका विभिन्न निर्वाचनमा म्यादी प्रहरीका रूपमा सन्तोषजनक काम गरेका व्यक्ति र विदेशी मित्र राष्ट्रका सुरक्षा निकायमा काम गरी सेवानिवृत्त भएका नेपाली नागरिकलाई प्राथमिकता दिइएको समितिले जनाएको छ ।
अठार वर्ष पूरा भई ५४ वर्ष ननाघेको साधारण लेखपढ गर्न जान्ने व्यक्तिले निर्वाचन प्रहरीका लागि योग्य हुने व्यवस्था छ । छनोटमा परेका निर्वाचन प्रहरीलाई १० दिनसम्म तालिम दिइने समितिका सदस्यसचिव बरालले बताउनुभयो ।
निर्वाचन प्रहरीको कार्य अवधि ४० दिन तोकिएको छ । निर्वाचन प्रहरीले ४० दिनको रु ३४ हजार ७७६, खाद्यान्न र पोसाकबापतको रकम, तयारी खर्च रु ८४६ र चार दिनको खाजा खर्च रु एक हजार २०० उपलब्ध गराइने भएको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको उक्त समितिले निर्वाचन प्रहरी नियुक्त गर्नेछ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्कीमा निर्वाचन प्रहरीबाहेक तीनवटै सुरक्षा निकायका झन्डै दुई हजार सुरक्षाकर्मी परिचालित हुने जनाइएको छ । विभिन्न दल र स्वतन्त्र गरी ४९ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् ०१८ सालमा गेष्टहाउस चौर काण्डमा मारिएका १८ र बेपत्ता पारिएका १५ जना
-
‘मुन्ना भाई एमबीबीएस’ र ‘३ इडियट्स’ को सीक्वलबारे निर्देशक हिरानी के भन्छन् ?
-
२५ लाख रुपैयाँ मुनिका योजना नल्याउने सुदूरपश्चिम सरकारको निर्णय कागजमै सीमित
-
‘नेपाल–स्पेन बिजनेस फोरम २०२६’ सम्पन्न : व्यापार र लगानी सहकार्य बढाउन जोड
-
काँकरभिट्टा नाकामा एकीकृत जाँच एकाइ पुनः सञ्चालन
-
सुदूरपश्चिम प्रदेश : बजेट नसच्याए सरकार छाड्ने एमालेको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण