चीनमा म्यानमारको स्क्याम माफियाका ११ सदस्यलाई मृत्युदण्ड
सारांश
- चीनले म्यानमारमा अवैध स्क्याम सञ्जाल सञ्चालन गर्ने मिङ परिवारका ११ सदस्यलाई मृत्युदण्ड दिएको छ।
- मिङ परिवारले लाउकाइङ सहरलाई क्यासिनो, रात्रि क्लब र रेड-लाइट क्षेत्रमा परिणत गरेको थियो, जहाँ हजारौं चिनियाँ नागरिकलाई ठग्न बाध्य पारियो।
- सन् २०१५ देखि २०२३ सम्म मिङ परिवारले स्क्याम र जुवा कारोबारबाट १० अर्ब युआनभन्दा बढी कमाएको थियो, जसका कारण १४ चिनियाँ नागरिकको मृत्यु भयो।
बेइजिङ । चीनले म्यानमारमा अवैध स्क्याम सञ्जाल सञ्चालन गर्ने कुख्यात ‘मिङ परिवार’का ११ सदस्यलाई मृत्युदण्ड दिएको छ । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार झेजियाङ प्रान्तको अदालतले उनीहरूलाई हत्या, अवैध थुनुवा, ठगी तथा जुवा घर सञ्चालनजस्ता गम्भीर अपराधमा दोषी ठहर गर्दै सेप्टेम्बरमा सजाय सुनाएको थियो ।
मिङ परिवार म्यानमार–चीन सीमासँग जोडिएको लाउकाइङ सहरमा प्रभावशाली माफिया समूहका रूपमा परिचित थियो । उनीहरूको नियन्त्रणमा रहेको यो सहर केही वर्षमै क्यासिनो, रात्रि क्लब र रेड–लाइट क्षेत्रमा रूपान्तरण भएको थियो । गरिब र शान्त सहरलाई यस परिवारले अपराधले भरिएको केन्द्र बनाइएको अदालतले जनाएको छ ।
सन २०२३ मा म्यानमार सरकारले चीनको दबाबपछि उनीहरूलाई पक्राउ गरी चीन सुपुर्दगी गरेपछि यो स्क्याम साम्राज्यको पतन भएको हो । यी स्क्याम केन्द्रमा हजारौँ चिनियाँ नागरिकलाई जबरजस्ती काममा लगाएर विदेशमा रहेका मानिसहरूलाई ठग्न बाध्य पारिन्थ्यो ।
अदालतका अनुसार सन २०१५ देखि २०२३ सम्म मिङ परिवारले स्क्याम र जुवा कारोबारबाट १० अर्ब युआनभन्दा बढी आम्दानी गरेको थियो । उनीहरूको अपराधका कारण १४ चिनियाँ नागरिकको मृत्यु हुनुका साथै धेरै घाइते भएका थिए । यस घटनाले सीमापार अपराधविरुद्ध चीनको कडा नीति झल्काएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
-
रेकर्ड तोडेपछि क्लोजको प्रतिक्रिया : ‘मेस्सी नै सर्वकालीन उत्कृष्ट खेलाडी’
-
अल्जेरियाको शानदार पुनरागमन, जोर्डनलाई २–१ ले हराउँदै पहिलो जित दर्ता
-
सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
-
धुलिखेल–खावा सडकमा असार १४ देखि टिपरलाई पूर्ण प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण