रेशमलाल चौधरीको उम्मेदवारी खारेजी विरुद्धको रिट सुनुवाइका लागि पेसी तोकियो
बिहीबार, १५ माघ २०८२, ११ : १७
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले कैलाली क्षेत्र नम्बर १ बाट दर्ता गरेको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि उनले आयोगको निर्णय विरुद्ध दायर गरेको रिट सुनुवाइका लागि पेसी तोकिएको छ।
चौधरीको रिट सर्वोच्च अदालतमा न्यायाधीशद्वय बालकृष्ण ढकाल र नृपध्वज निरौलाको संयुक्त इजलासमा बिहीबार सुनुवाइका लागि पेसी तोकिएको हो।
यसअघि न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले रिटमा निर्वाचन आयोगसँग लिखित जवाफ माग्ने आदेश दिँदै अन्तरिम आदेशबारे छलफलका लागि दुवै पक्षलाई उपस्थित हुन बोलाएको थियो।
चौधरीको उम्मेदवारी आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दर्ता भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई दशकदेखि बन्द हेटौँडा कपडा उद्योग ब्युँताउन पहल
-
बिरामीले सोधेः डाक्टरसाप, क्यान्सर निको भएपछि गर्भधारण गर्न मिल्छ ?
-
रास्वपा प्रथम महाधिवेशन : राेकिएकाे बन्दसत्र आज, प्रतिनिधि परिचयपत्र वितरण सुरु
-
हालान्डको दोस्रो गोल, सेनेगलविरुद्ध नर्वे ३–१ गोलले अगाडि
-
सेनेगलले फर्कायो एक गोल, नर्वे अग्रता कायमै
-
हालान्डको गोलसँगै नर्वेको अग्रता दोब्बर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण