मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘अमेरिकी कृषि उत्पादन किन्नु पर्ने इरानको कुनै बाध्यता छैन’

मङ्गलबार, ०९ असार २०८३, ११ : ४१
मङ्गलबार, ०९ असार २०८३

सारांश

  • इरानका केन्द्रीय बैंक प्रमुख अब्दोल्नासेर हेम्मतीले अमेरिकाबाट कृषि उत्पादन किन्न इरान बाध्य नभएको बताएका छन् ।
  • अमेरिकी राष्ट्रपति ट्रम्पले इरानलाई दिइने रकम अमेरिकी कृषि उत्पादनमा प्रयोग गरिने दाबी गरेका थिए ।
  • हेम्मतीका अनुसार अमेरिका-इरान सहमतिमा पहिलो ६ अर्ब डलर उपभोग्य वस्तु र औषधि खरिदमा प्रयोग गर्न सकिने व्यवस्था छ ।

तेहरान । इरानका केन्द्रीय बैंक प्रमुख अब्दोल्नासेर हेम्मतीले अमेरिकाबाट कृषि उत्पादन खरिद गर्न इरान बाध्य नभएको बताएका छन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै इरानलाई उपलब्ध गराइएको रकम अमेरिकी कृषि उत्पादन खरिदमा प्रयोग गरिने दाबी गरेका थिए । त्यसको प्रतिक्रिया दिँदै हेम्मतीले इरानी समाचार संस्था तस्निमसँगको अन्तर्वार्तामा यस्तो बताएका हुन् ।

हेम्मतीका अनुसार अमेरिका–इरानबिच भएको सहमतिअनुसार पहिलो ६ अर्ब अमेरिकी डलर बराबरको रकम आवश्यक उपभोग्य वस्तु र औषधि खरिदका लागि प्रयोग गर्न सकिन्छ । ‘अमेरिकाबाट कृषि उत्पादन किन्नुपर्ने कुनै बाध्यता छैन । तर यदि अमेरिकी वस्तुको मूल्य र गुणस्तर अन्य देशको तुलनामा उपयुक्त भएमा त्यहाँबाट खरिद गर्न कुनै बाधा पनि छैन,’ उनले भने ।

बाँकी ६ अर्ब डलर आधारभूत वस्तुहरूमा मात्र खर्च गर्नुपर्ने व्यवस्था नरहेको उनले बताए । उनका अनुसार इरानले उक्त रकमबाट प्रतिबन्धको सूचीमा नरहेका अन्य वस्तुहरू पनि खरिद गर्न सक्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप