एआई प्रतिस्पर्धा तीव्र बन्दै जाँदा अमेजनले हटायो १६ हजार कर्मचारी
सारांश
- अमेजनले एआई क्षेत्रमा प्रतिस्पर्धाका लागि १६ हजार कर्मचारी कटौती गर्ने घोषणा गरेको छ।
- कम्पनीले संगठनलाई चुस्त बनाउन तह घटाउने, जिम्मेवारी बढाउने र प्रशासनिक प्रक्रिया हटाउने भएको छ।
- यो कटौती अमेजनको दोस्रो ठूलो रोजगारी कटौती हो, जसले लगभग ९ प्रतिशत कर्मचारी प्रभावित हुनेछन्।
वासिङ्टन डीसी । कृत्रिम बौद्धिकता (एआई)को क्षेत्रमा आफ्नो प्रतिस्पर्धात्मक हैसियत बलियो बनाउने प्रयासमा अमेरिकी अनलाइन खुद्रा कम्पनी अमेजनले १६ हजार कर्मचारीलाई रोजगारीबाट हटाउने घोषणा गरेको छ ।
यो पछिल्ला तीन महिनाभित्र कम्पनीले गरेको दोस्रो ठुलो स्तरको रोजगारी कटौती हो । संगठनभित्रको जटिल प्रक्रिया घटाई निर्णय क्षमतालाई छिटो बनाउने उद्देश्यले यस्तो कदम चालेको बुधबार प्रकाशित एक ब्लग पोस्टमाप अमेजनले बताएको छ ।
अमेजनकी मानव संसाधन– वरिष्ठ उपाध्यक्ष बेथ गालेट्टीका अनुसार कम्पनीले तहहरू घटाउने, जिम्मेवारी बढाउने र अनावश्यक प्रशासनिक प्रक्रिया हटाउने दिशामा काम गरिरहेको छ । ‘हामी सङ्गठनलाई चुस्त र प्रभावकारी बनाउन चाहन्छौँ,’ उनले उल्लेख गरेकी छिन् ।
यसअघि गत अक्टोबरमा अमेजनले १४ हजार कर्पोरेट कर्मचारी कटौती गर्ने घोषणा गरेको थियो । प्रमुख कार्यकारी अधिकृत एन्डी ज्यासीले अमेजनलाई ‘विश्वकै ठुलो स्टार्टअप’ झैँ सञ्चालन गर्ने दृष्टिकोण अघि सारेका छन् ।
अमेजन वालमार्टपछि अमेरिकाको दोस्रो ठुलो निजी रोजगारदाता हो । सन् २०२४ मा अमेरिकी समान रोजगार अवसर आयोगमा दर्ता गरिएको तथ्यांकअनुसार कम्पनीसँग ३ लाख ५० हजारभन्दा बढी कर्पोरेट कर्मचारी छन् ।
पछिल्ला दुई चरणका कटौतीले करिब ९ प्रतिशत कार्यालयस्तरीय कर्मचारी प्रभावित भएका छन् । यी कटौतीलाई नियमित प्रक्रिया नबनाइने स्पष्ट पार्दै गालेट्टीले भविष्यमा ग्राहकका लागि नवप्रवर्तन गर्न आवश्यक क्षेत्रहरूमा रणनीतिक रूपमा भर्ना गरिने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण