मुख्यमन्त्री आचार्य र प्रदेश प्रहरी प्रमुखबिच छलफल
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निर्वाचन लक्षित सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउने विषयमा लुम्बिनी प्रदेशका प्रहरी प्रमुखसँग छलफल गरेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राप्ती उपत्यका (देउखुरी) मा आज आयोजित भेटघाटमा मुख्यमन्त्री आचार्य र प्रदेश प्रहरी नायब महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीबिच निर्वाचन लक्षित सुरक्षा रणनीति र त्यसको प्रभावकारी कार्यान्वयनका विषयमा छलफल भएको हो ।
छलफलका क्रममा मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशका सबै जिल्लामा निर्वाचन लक्षित सुरक्षा योजना तयार भइसकेको उल्लेख गर्दै शान्ति सुरक्षाको व्यवस्थापनमा प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए । उनले भने, “अतिसंवेदनशील मानिएका क्षेत्रमा थप ध्यान पुग्ने नै छ । नागरिकहरूको साथ र सहकार्य लिएर निर्वाचन सुरक्षालाई अझ सुदृढ बनाउन आवश्यक छ ।”
भेटमा प्रहरी नायब महानिरीक्षक खत्रीले निर्वाचन लक्षित सुरक्षा रणनीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने जानकारी गराए । उनले शान्तिसुरक्षा कायम राख्ने कार्यमा प्रहरीको सक्रियता बढाइएको र सबै सुरक्षा निकायबीच समन्वयका साथ काम भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् ०१८ सालमा गेष्टहाउस चौर काण्डमा मारिएका १८ र बेपत्ता पारिएका १५ जना
-
‘मुन्ना भाई एमबीबीएस’ र ‘३ इडियट्स’ को सीक्वलबारे निर्देशक हिरानी के भन्छन् ?
-
२५ लाख रुपैयाँ मुनिका योजना नल्याउने सुदूरपश्चिम सरकारको निर्णय कागजमै सीमित
-
‘नेपाल–स्पेन बिजनेस फोरम २०२६’ सम्पन्न : व्यापार र लगानी सहकार्य बढाउन जोड
-
काँकरभिट्टा नाकामा एकीकृत जाँच एकाइ पुनः सञ्चालन
-
सुदूरपश्चिम प्रदेश : बजेट नसच्याए सरकार छाड्ने एमालेको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण