रास्वपा र प्रलोपाबिच चुनावी सहकार्य
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टीले सिरहामा चुनावी सहकार्य गर्ने सहमति गरेका छन्।
- प्रगतिशील लोकतान्त्रिक पार्टीले रास्वपाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ।
- दुवै पार्टीबीच सिरहा क्षेत्र नम्बर २ मा आगामी निर्वाचनका लागि सहकार्य हुने भएको छ।
काठमाडौँ । सिरहामा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र जनार्दन शर्मा संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बिच चुनावी सहकार्य गर्ने सहमति भएको छ ।
शुक्रबार सिरहा क्षेत्र नम्बर–२ मा दुई पार्टीबिच चुनावी सहकार्य गर्ने सहमति भएको हो ।
प्रलोपाका केन्द्रीय सदस्य एवं सिरहा जिल्ला इन्चार्ज अरविन्द यादवले सिरहा–२ मा रास्वपाका उम्मेदवारलाई समर्थन गर्ने गरी चुनावी सहकार्य भएको बताए । यहाँ रास्वपाका शिव यादव प्रतिनिधि सभा उम्मेदवार बनेका छन् ।
जनताको हित सुशासन,लोकतान्त्रिक मूल्यमान्यता र परिवर्तनमुखी राजनीतिक अभ्यासलाई मजबुत बनाउन रास्वपालाई समर्थन गरिएको प्रलोपाका नेता यादवले बताए ।
नेता यादवले भने, ‘पार्टीको निर्णय भन्दा पनि जिल्ला तथा क्षेत्रका नेता तथा कार्यकर्ताको भावना अनुसार रास्वपालाई समर्थन गरेका हौँ।’
रास्वपाका शिव यादव र प्रलोपाका अरविन्द यादवले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित १० जना पक्राउ
-
रास्वपा प्रतिनिधिलाई वितरण गरिएको झोलाभित्र के छ ?
-
रास्वपा महाधिवेशनः केन्द्रीय सदस्यमा निवर्तमान महामन्त्री बुर्लाकोटीको उम्मेदवारी, गृहमन्त्री गुरुङ प्रस्तावक
-
तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि, सतर्कता अपनाउन आग्रह
-
‘आई एम ब्याक !’ आलोचकलाई रोनाल्डोको सानदार जवाफ
-
विपद् प्रतिकार्य तालिम तथा सचेतनामूलक कार्यक्रम सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण