वीरगन्ज हुँदै छ महिनामा १२ अर्बको खाद्यान्न आयात
सारांश
- वीरगञ्जबाट ६ महिनामा १२ अर्बको खाद्यान्न आयात भयो।
- अघिल्लो वर्षको सोही अवधिको तुलनामा खाद्यान्न आयातमा गिरावट आयो।
- धान, मकै, चामल लगायतका खाद्य वस्तुको आयात भयो।
पर्सा । वीरगन्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात भएको छ । गत आर्थिक वर्षको छ महिनाको तुलनामा चालु आवको सो अवधिमा भने यो नाका हुँदै हुने खाद्य पदार्थको आयातमा रु २१ करोड मूल्यको गिरावट आएको छ ।
वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गत आवको छ महिनाको तुलनामा चालु आवको सोही समयमा खाद्य पदार्थको आयातमा सामान्य गिरावट आएको बताए ।
जबकि गत आवको छ महिनामा भने रु ११ अर्ब ७८ करोड मूल्य पर्ने १६ थरिका खाद्य पदार्थको आयात भएको थियो । चालु आवको छ महिनामा रु पाँच अर्ब ६८ करोड मूल्य पर्ने १५ करोड ४३ लाख किलोग्राम धान आयात भएको छ । जबकि गत आवको सोही अवधिमा भने रु छ अर्ब नौ करोड मूल्यको धान आयात भएको थियो ।
चालु आवको छ महिनामा रु तीन अर्ब ४१ करोड मूल्य पर्ने मकै आयात भएको छ । त्यस्तै चालु आवको छ महिनामा रु एक अर्ब ६१ करोड मूल्य पर्ने चामल र रु ३३ करोड मूल्य पर्ने माल्ट आयात भएको छ । त्यस्तै रु २३ करोड ७३ लाख मूल्य पर्ने फापर, कोदो र अन्य खाद्यान्न आयात भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
-
रेकर्ड तोडेपछि क्लोजको प्रतिक्रिया : ‘मेस्सी नै सर्वकालीन उत्कृष्ट खेलाडी’
-
अल्जेरियाको शानदार पुनरागमन, जोर्डनलाई २–१ ले हराउँदै पहिलो जित दर्ता
-
सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
-
धुलिखेल–खावा सडकमा असार १४ देखि टिपरलाई पूर्ण प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण