महिला टी २० विश्वकप छनोट प्रतियोगिता सम्पन्न
काठमाडौँ । आइसिसी महिला टी २० विश्वकप ग्लोबल छनोट प्रतियोगिता सम्पन्न भएको छ ।
आइतबार त्रिभुवन विश्वविद्यालय क्रिकेट रङ्गशालामा सुपर सिक्स चरणको अन्तिम खेलमा स्कटल्यान्डले संयुक्त राज्य अमेरिकालाई ४१ रनले पराजित गरेसँगै प्रतियोगिता सम्पन्न भएको हो ।
यससँगै आगामी वर्ष बेलायत र वेल्समा आयोजना हुने विश्वकप खेल्ने चार टोलीको टुङ्गो लागेको छ । चार टोलीमा बङ्गलादेश, आयरल्यान्ड, स्कटल्यान्ड र नेदरल्यान्ड रहेका छन् ।
आज सुरुमा टस जितेर ब्याटिङ रोजेको स्कटल्यान्डले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १७८ रन बनाएको थियो । यसका लागि डारकेइ कार्टरले सर्वाधिक ५२ तथा अलिसा लिस्टरले ४३ रन बनाएकी थिइन् ।
जवाफी ब्याटिङमा उत्रिएको अमेरिकाले १९ ओभरमा सबै विकेट गुमाएर १३७ रन मात्रै बनाउन सक्यो ।
छनोट प्रतियोगितामा नेपाली महिला क्रिकेट टोली भने समूह चरणका चार खेलमध्ये तीनमा हार र एकमा जितको नतिजा निकाल्दै समूह ‘बी’ का पाँच देशमध्ये चौथो स्थानमा रह्यो ।
नेपालसहित १० देशका महिला टोली सहभागी प्रतियोगितामा त्रिवि क्रिकेट रङ्गशाला र मूलपानी क्रिकेट मैदानमा गरी २९ खेल भएका थिए ।
बङ्गलादेशकी कप्तान ज्योति सुल्ताना ‘प्लेयर अफ दी टुर्नामेन्ट’ घोषित भइन् भने प्रतियोगितामा स्कटल्यान्डकी ग्याबि लुइस उत्कृष्ट ब्याटर तथा अमेरिकी तारा नोरिश उत्कृष्ट बलर घोषित भइन् ।
प्रतियोगिताका चारवटै खेल जितेर १० अङ्क हासिल गरेको बङ्गलादेशले ट्रफी प्राप्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : सभापति लामिछानेले गरे मतदान
-
विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश
-
लुम्बिनी प्रदेश सभा बैठक फेरि स्थगित
-
अभिनेत्री सामन्था गर्भवती, अभिनयबाट छोटो ब्रेक लिँदै
-
कक्षा १२ को नतिजा त्रुटिपूर्ण भएको भन्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरु)
-
ओपनएआईले च्याटजीपीटीका लागि बनायो आफ्नै चिप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण