धुरन्धर-२ मा भएको हो यामी गौतमको इन्ट्री ?
सारांश
- धुरन्धर २ को टिजर रिलिज भएपछि फिल्मको चर्चा बढेको छ र यामी गौतम मुख्य भूमिकामा देखिने हल्ला छ।
- यामी गौतमले पाँच दिनको छायांकनमा भाग लिइसकेकी छिन्, तर यो खबरको आधिकारिक पुष्टि भएको छैन।
- धुरन्धर २ मा विक्की कौशल पनि देखिने चर्चा छ र यो फिल्म २०२६ को मार्च १९ मा रिलिज हुनेछ।
नयाँ दिल्ली । मेकरहरूले भर्खरै धुरन्धर २ को टिजर रिलिज गरेका छन् । फिल्मको टिजरले निकै चर्चा बटुलिरहेको छ । अब धुरन्धर द रिभेन्जबारे अर्को खबर बाहिर आएको छ । यो फिल्ममा बलिउडकी एक लोकप्रिय अभिनेत्रीले मुख्य भूमिका निर्वाह गर्ने खबर आएको छ ।
धुरन्धर २ एक बहु–स्टारर फिल्म हुनेछ । धुरन्धर रणवीर सिंह, संजय दत्त, आर. माधवन, सारा अर्जुन र अर्जुन रामपाल जस्ता कलाकारहरू अभिनय रहेको थियो । धुरन्धर द रिभेन्जमा फिल्ममा अक्षय खन्नाले निर्वाह गरेको चरित्र रहमान द डकैतको फ्ल्यासब्याक कथा पनि देखाइने बताइएको छ । यसैबीच, हिन्दी सिनेमाकी चर्चित अभिनेत्री यामी गौतम धुरन्धर २ मा मुख्य भूमिका निर्वाह गर्न सक्ने भने ई टाइम्सले समाचार छापेको छ ।
धुरन्धर द रिभेन्जमा यामी छोटो भूमिकामा देखिने र यसको लागि पाँच दिनको छायांकन तालिका पूरा गरिसकेको समाचारमा भनिएको छ । यद्यपि, यो खबरको आधिकारिक पुष्टीकरण भएको छैन । यामी फिल्मका निर्देशक आदित्य धरकी पत्नी हुन् । धुरन्धरमा काम गर्ने यामी गौतमको अधुरो इच्छा धरको धुरन्धर २ बाट पूरा हुने देखिएको छ ।
यस अघि अभिनेता विक्की कौशल पनि रणवीर सिंहको धुरन्धर २ मा केमियो भूमिकामा देखिने खबर आएको थियो । फिल्ममा बडे साहेबको भूमिकामा को छ भन्ने कुरा अझै पनि रहस्यमै छ । यस वर्षको सबैभन्दा चर्चित फिल्महरू मध्ये एक निर्देशक आदित्य धरको धुरन्धर २ हो । फ्यानहरू यस फिल्मको उत्सुकतापूर्वक प्रतीक्षा गरिरहेका छन् । मंगलबार, निर्माताहरूले रणवीर सिंह अभिनीत यस जासूसी थ्रिलरको पछिल्लो टिजर जारी गरेका थिए । यसलाई फ्यानहरूले निकै मन पराए ।
मार्च १९ मा रिलिज हुनेछ फिल्म
धुरन्धर २ २०२६ को मार्च १९ मा हलहरूमा रिलिज हुने बताइएको छ । धुरन्धरः द रिभेन्ज बक्स अफिसमा फिल्मको पहिलो भाग भन्दा धेरै सफल हुने विश्वास गरिएको छ । धुरन्धरले भारतको बक्स अफिसमा ८९५ करोड भन्दा बढी कमाएको थियो । फिल्मको विश्वव्यापी कलेक्शन १ हजार ३५० करोडको नजिक थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पौवादुङमामा २१ फर्मलाई ६० लाख सहयोग
-
बीटीएस स्टार जङकुकको घरमा १३३ पटक ढोकाको घण्टी बजाउने महिलालाई देश निकाला गरिँदै
-
भलमन्सालाई संरक्षण गर्दै धनगढी उपमहानगरपालिका
-
मानव-वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई वन मन्त्रीद्वारा छात्रवृत्ति वितरण
-
सन्न्यासदेखि विश्वकपको सर्वाधिक गोलकर्तासम्म
-
अशोक राईले दिए नयाँ पार्टी दर्ताका लागि निवेदन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण