नेप्से परिसूचकमा सामान्य गिरावट, साढे ७ अर्बको कारोबार
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज सामान्य गिरावट देखिएको छ। बुधबार बजार १.६४ अङ्कले घटेर २६८१.५० विन्दुमा पुगेर बन्द भएको छ।
बजार सामान्य घटे पनि आज चार वटा कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीहरूमा कालिन्चोक दर्शन लिमिटेड, सुपर माई हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर, आँखुखोला जलविद्युत लिमिटेड रहेका छन् । गुमाउने कम्पनीहरूमा भने एचएलआई लार्ज क्याप फण्डको मूल्य ५.५४ प्रतिशत र रावा इनर्जी को ४.।१३ प्रतिशतले घटेको छ।
आज कारोबार भएका कुल १३ उपसमूहमध्ये ६ वटा उपसमूहको सूचक बढेको छ भने ७ वटा उपसमूहको सूचक घटेको छ। सबैभन्दा बढी फाइनान्स उपसमूह ०.९३ प्रतिशत र जलविद्युत उपसमूह ०.३८ प्रतिशतले बढेका छन् ।
अर्कोतर्फ, उत्पादन तथा प्रशोधन उपसमूहमा सबैभन्दा बढी ०.५३ प्रतिशतको गिरावट देखिएको छ। बैंकिङ, लघुवित्त र जीवन बीमा उपसमूह पनि आज राताम्मे देखिएका छन्।
आज दिनभर ३२६ स्क्रिपका १ करोड ६६ लाख ८२ हजार ६२६ कित्ता सेयर खरिदबिक्री हुँदा कुल ७ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
कारोबार रकमका आधारमा आज अपर तामाकोशी शीर्ष स्थानमा रह्यो । उक्त कम्पनीको ८० करोड ७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो। त्यसैगरी एसवाई प्यानलको ६० करोड ३० लाख रुपैयाँको कारोबार भएको छ।
आज कारोबार भएका कम्पनीहरूमध्ये ११३ वटाको सेयर मूल्य बढेको छ, १३४ वटाको घटेको छ भने १३ वटा कम्पनीको मूल्य स्थिर रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण