विश्व क्यान्सर दिवस: एक हजार आठ सय किमी साइकल यात्रा सम्पन्न
सारांश
- विश्व क्यान्सर दिवसको अवसरमा १८०० किमी साइकल यात्रा सम्पन्न भयो।
- यात्रा धुलिखेल अस्पतालबाट सुरु भई एक महिनापछि सोही अस्पतालमा टुंगियो।
- यात्राको क्रममा क्यान्सर सम्बन्धी सचेतना फैलाइयो र कोष स्थापना गर्ने घोषणा गरियो।
काभ्रेपलान्चोक । विश्व क्यान्सर दिवसका अवसरमा यहाँ एक हजार ८०० किलोमिटर लामो साइकल यात्रा समापन गरिएको छ ।
काभ्रेपलान्चोकको धुलिखेल अस्पतालमा घोषणा गरी सुरु भएको यात्रा एक महिनापछि अस्पतालमै पुगेर आज (बुधबार) सम्पन्न भएको हो । क्यान्सर रोगबाट पीडित हर्क लामा र कविता चित्रकारले साइकल यात्राको साहसिक योजना बनाई तोकिएको यात्रा सम्पन्न गरेका हुन् ।
एक महिना लामो निर्माणाधीन मध्य पहाडी लोकमार्ग केन्द्रीत यात्राका क्रममा १५ स्थानमा दुई हजारभन्दा धेरैलाई प्रत्यक्ष रूपमा क्यान्सर रोगसम्बन्धी सचेतना गरिएको यात्रामा सहभागी अस्पतालका चिकित्सक सुमनराज ताम्राकारले जानकारी दिए । कार्यक्रममा यात्रामा सहभागी अर्का चिकित्सक विकास पराजुलीले यात्राका क्रममा भएका अनुभव सुनाए । साइकल यात्री लामा र चित्रकारले पनि क्यान्सर रोगसँग जित्न सक्ने साहस साइकल यात्राबाट मिलेको बताए ।
कार्यक्रममा अस्पतालका प्रशासकीय प्रमुख डा विराजमान कर्माचार्यले क्यान्सर उपचारका लागि कोष बनाइने र त्यसमा सङ्कलन भएको रकम जति नै थपेर अस्पतालले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । साइकल कल्चर कम्युनिटीबाट सङ्कलित उक्त रकम कोषमा जम्मा गरी धुलिखेल अस्पतालमा उपचाररत क्यान्सर रोगीको उपचारका लागि प्रयोग गरिने उनले बताए।
साइकल यात्री लामाले क्यान्सर भएर उपचारार्थ अस्पतालमा भर्ना हुँदा बिरामी र आफन्तले रकम अभावका कारण व्यहोर्नु परेको सास्तीलाई न्यूनीकरण गर्न कोष स्थापनार्थ नवीनतम कार्य गरिएको बताए । अस्पतालका संस्थापक एवं कार्यकारी निर्देशक डा रामकण्ठ माकजुले क्यान्सर रोगबाट सङ्क्रमण भएर त्यसलाई जित्न सक्ने साहसका साथ साइकल यात्रा सम्पन्न गरेकामा दुवै साइकल यात्रीलाई विशेष धन्यवाद दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
-
मेस्सीको कीर्तिमानपछि अब नजर रोनाल्डोमा
-
लुम्बिनी प्रदेश सभा बैठक आधा घण्टाका लागि स्थगित
-
शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक
-
नाइजेरियामा आक्रमण हुँदा २० जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण