पहिलो दिनको शान्ति वार्ता राम्रो भयो: युक्रेन
सारांश
- अमेरिकाको मध्यस्थतामा भएको रुस-युक्रेन शान्ति वार्ता युक्रेनले राम्रो मानेको छ, वार्ता जारी रहनेछ।
- रुसको आक्रमण नरोकिएकाले बजारमा मिसाइल हमला हुँदा सात जनाको मृत्यु भएको छ, विद्युत् संरचनामा क्षति पुगेको छ।
- राष्ट्रपति जेलेन्स्कीले वार्ताले परिणाम दिनुपर्ने र युद्धबन्दी आदानप्रदान हुनुपर्नेमा जोड दिएका छन्।
किभ । अमेरिकाको मध्यस्थतामा अबुधाबीमा भएको रुस–युक्रेन शान्ति वार्ताको पहिलो दिनलाई युक्रेनले राम्रो बताएको छ । वार्ता ठोस र उत्पादक भएको बताइएको छ । यद्यपि चार वर्षदेखि चलिरहेको युद्ध अन्त्यतर्फ निर्णायक प्रगति भएको घोषणा भने गरिएको छैन ।
युक्रेनको राष्ट्रिय सुरक्षा तथा रक्षा परिषद्का प्रमुख वार्ताकार रुस्तेम उमेरोभले बुधबारको छलफल व्यवहारिक समाधान र ठोस कदममा केन्द्रित रहेको बताए । वार्ता बिहीबार पनि जारी रहने बताइएको छ ।
वार्ताको स्वरूप सकारात्मक देखिए पनि युक्रेनभित्र रुसको आक्रमण रोकिएको छैन । युक्रेनी अधिकारीहरूका अनुसार हालै रुसको मिसाइल तथा ड्रोन हमलामा एक भिडभाडयुक्त बजारमा सात जनाको मृत्यु भएको छ । खपी नसक्नुको जाडोको मौसमबिच आक्रमणले राजधानी कीभको विद्युत् संरचनामा थप क्षति पुर्याएको छ ।
राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले साँझको सम्बोधनमा वार्ताले वास्तविक परिणाम दिनुपर्नेमा जोड दिँदै निकट भविष्यमा युद्धबन्दी आदान–प्रदान हुने अपेक्षा व्यक्त गरे । जनताले युद्ध अन्त्यतर्फ वास्तविक प्रगति महसुस गर्नुपर्ने उनको भनाइ थियो ।
शान्तिका लागि ढोका खुला रहेको रुसले बताएको छ । तर कीभले आफ्ना माग स्वीकार नगरेसम्म सैन्य कारबाही जारी रहने चेतावनी पनि दिएको छ। विश्लेषकहरूका अनुसार वार्ता आशाको संकेत भेटिए पनि मैदानको अवस्था र रुसको अडानले सम्झौतामा पुग्न कठिन देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण