सङ्खुवासभामा ट्याक्टरले किचेर मजदुरको मृत्यु
सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका-५ मुढेमा ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु भएको छ । गएराति मकालु-५ मुढेमा ना५त ७०८१ नं को ट्याक्टरले किचेर उत्तर-दक्षिण कोशी राजमार्गमा कार्यरत मजदुर नेमलाल तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए ।
तामाङ गुडिरहेको ट्याक्टरबाट खसेकाले पछाडिको टायरले किचेर घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक मैनालीले बताए । मृतक तामाङ उत्तर-दक्षिण कोशी राजमार्गअन्तर्गत निर्माणाधीन खाँदबारी-किमाथाङ्का सडकखण्ड कार्यरत मजदुर हुन् ।
घटनालगत्तै सिन्धुली घर भई हाल सङ्खुवासभा बस्दै आएका चालक फरार रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालको नेतृत्वमा प्रहरी टोली खटिएको छ ।
प्रहरीले उक्त ट्याक्टर मकालु-५ स्थित नुम बजारमा पार्किङ गरी राखेको अवस्थामा नियन्त्रणमा लिइएर नुम प्रहरी चौकीले जनाएको छ । घटनास्थल नुम प्रहरी चौकीबाट १५ किलोमिटरको दूरीमा पर्दछ ।
मृतकको शव जिल्ला अस्पताल खाँदबारी ल्याउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक मैनालीले जानकारी दिए । फरार रहेका चालकको खोजी भइरहेको छ भने घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण