इजरायली विशेषज्ञद्वारा प्रेस्क्रिप्सन चस्मा वितरण
काठमाडौँ । नेपालस्थित इजरायली दूतावासको समन्वयमा पोखरा महानगरपालिका–२३ स्थित घाँटीछिना र आसपासका दुर्गम गाउँका बासिन्दाका लागि सञ्चालित मानवीय सहायता कार्यक्रमअन्तर्गत बिहीबार चस्मा हस्तान्तरण गरिएको छ।
दुई महिनाअघि इजरायली नेत्र विशेषज्ञहरूले सो क्षेत्रमा पुगेर गरेको आँखा परीक्षणका आधारमा तयार पारिएका प्रेस्क्रिप्सन चस्माहरू इजरायलबाटै मगाएर स्थानीयलाई वितरण गरिएको हो।
गत मंसिरमा इजरायलका चार चर्चित नेत्र विशेषज्ञहरू एम. योसिफोभिच, वाई. सेगल, एन. वेइस र डी. गोल्डुसर पोखरा आएका थिए। उनीहरूले घाँटीछिनाका सयौँ बालबालिका, वृद्धवृद्धा तथा स्थानीय बासिन्दाको निःशुल्क आँखा परीक्षण गरेका थिए।

नेपालमा परीक्षण गरिसकेपछि उनीहरूले इजरायल फर्केर प्रत्येक बिरामीको आवश्यकताअनुसारको विशेष चस्मा तयार पारी नेपाल पठाएका हुन्। सोही चस्माहरू फेब्रुअरी ५ मा आयोजित एक विशेष कार्यक्रमका बिच सम्बन्धित व्यक्तिहरूलाई हस्तान्तरण गरिएको छ।
इजरायली दूतावासकी उप–प्रमुख जनान बेबरले घाँटीछिना पुगेर स्थानीय समुदायको उपस्थितिमा चस्माहरू वितरण गरेकी छिन्। सो अवसरमा उनले स्थानीय बासिन्दा र यो अभियानमा सघाउने नेपाली साझेदारहरूसँग अन्तर्क्रिया समेत गरिन्। उनले इजरायल र नेपालबिचको प्रगाढ जनस्तरको सम्बन्धलाई यो पहलले थप मजबुत बनाएको उल्लेख गर्दै नेपाली समुदायको स्वास्थ्य र कल्याणका लागि इजरायल सधैँ प्रतिबद्ध रहेको बताइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ नम्बरको जर्सीसहित भारतीय क्रिकेट टोलीमा वैभवको इन्ट्री
-
रास्वपाको केन्द्रीय सदस्यमा प्रकाशचन्द्र परियारको उम्मेदवारी
-
एआई अपनाएसँगै ओरेकलद्वारा २१ हजार कर्मचारी कटौती
-
रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र नौ ठाउँबाट बाँडिदै
-
घट्यो हेटौँडा उपमहानगरपालिकाको बजेट, आगामी वर्षका लागि २ अर्ब ८५ करोडको बजेट पेस
-
रास्वपा महाधिवेशनः एक जनाले एक उम्मेद्वारको मात्र प्रस्तावक बन्न पाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण