मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फिफा विश्वकप २०२६

मेसीले बनाए विश्वकपमा १७ गोलको ऐतिहासिक रेकर्ड

सोमबार, ०८ असार २०८३, २३ : २९
सोमबार, ०८ असार २०८३

सारांश

  • लियोनेल मेसीले फिफा विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् ।
  • उनले जर्मनीका मिरोस्लाभ क्लोजको १६ गोलको रेकर्ड तोड्दै १७ गोल पुर्‍याएका छन् ।
  • मेसीले अस्ट्रियाविरुद्धको खेलमा ३८ औँ मिनेटमा गोल गर्दै यो कीर्तिमान कायम गरेका हुन् ।

काठमाडौँ । विश्व फुटबलका जादुगर लियोनेल मेसीले फिफा विश्वकप इतिहासमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा लेखाएका छन् । सोमबार राति अमेरिकाको डालस स्टेडियममा भइरहेको अस्ट्रियाविरुद्धको खेलमा गोल गर्दै मेसीले जर्मनीका मिरोस्लाभ क्लोजको १६ गोलको रेकर्ड तोडेका हुन् ।

खेलको ९ औँ मिनेटमा पेनाल्टी मिस गरेर समर्थकहरूलाई केही निराश बनाएका मेसीले ३८ औँ मिनेटमा भने कुनै गल्ती गरेनन् । उनले एफ. मेदिनाको उत्कृष्ट पासलाई सदुपयोग गर्दै बललाई जाली चुमाए । यो गोलसँगै मेसीको विश्वकपमा कुल गोल संख्या १७ पुगेको छ, जुन विश्वकप इतिहासकै सर्वाधिक हो ।

यसअघि मेसी र जर्मनीका मिरोस्लाभ क्लोज १६–१६ गोलसहित संयुक्त रूपमा शीर्ष स्थानमा थिए । अब मेसी विश्वकप इतिहासकै ‘अल–टाइम टप स्कोरर’ बनेका छन् ।

मेसीको यो ऐतिहासिक गोलसँगै समूह ‘जे’ को जारी खेलमा अर्जेन्टिनाले अस्ट्रियाविरुद्ध १–० को अग्रता लिएको छ । पहिलो खेलमा अल्जेरियालाई ३–० ले पराजित गरेको अर्जेन्टिना आजको खेलमा पनि जित निकाल्दै नकआउट चरणको नजिक पुग्ने दाउमा छ । जारी विश्वकपमा अर्जेन्टिनाका तर्फबाट भएको सबै ४ गोल मेसीले नै गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप