निर्वाचन अगाडि कांग्रेसको केन्द्रीय र कार्यसम्पादन समितिलाई पूर्णता नदिइने
सारांश
- गगन थापाले प्रतिनिधिसभा निर्वाचनपछि मात्रै पार्टीको केन्द्रीय कार्यसमिति र कार्यसम्पादन समितिलाई पूर्णता दिने भएका छन्।
- विशेष महाधिवेशनबाट थापाको नेतृत्वमा १३४ सदस्यीय केन्द्रीय कार्यसमिति चयन भएको थियो।
- उपसभापति पुष्पा भुसालका अनुसार, निर्वाचनपछि सदस्य मनोनीत गरिनेछ र १५ औँ महाधिवेशनको तयारी थालिने छ।
काठमाडौँ । गत पुस २७ देखि ३० गतेसम्म भएको विशेष महाधिवेशनबाट सर्वसम्मत सभापति चुनिएका गगन थापाले पार्टीको केन्द्रीय कार्यसमिति र कार्यसम्पादन समितिलाई प्रतिनिधिसभा निर्वाचनपछि मात्रै पूर्णता दिने भएका छन् ।
१४ औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा र डा. शेखर कोइरालाको असहमतिबिच थापा र विश्वप्रकाश शर्माको अगुवाइमा भएको विशेष महाधिवेशनबाट थापाको नेतृत्वमा १३४ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन भएको थियो ।
कांग्रेस विधानमा सभापतिले ३३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्न सक्ने व्यवस्था छ । त्यो व्यवस्थाबमोजिम केन्द्रीय कार्यसमितिलाई सभापति थापाले निर्वाचनपछि मात्रै सदस्य मनोनीत गरेर पूर्णता दिने उपसभापति पुष्पा भुसालले जानकारी दिइन् ।
‘केन्द्रीय समितिले पूर्णता पाएको छैन । निर्वाचनपश्चात् पनि नेपाली कांग्रेसको काँधमा ठुलो जिम्मेवारी हुन्छ । हामी बहुमतको सरकार बनाउने भनेका छौँ । सरकार बन्दै गर्दाखेरि पार्टीको भूमिका त्यही समाप्त हुँदैन । सरकार राम्रो ढङ्गबाट चलाउने, सङ्गठन मजबुत बनाउने जिम्मेवारी पार्टीको काँधमा रहन्छ,’ उपसभापति भुसालले रातोपाटीसँग भनिन्, ‘१५ औँ महाधिवेशनको तयारीको काम प्रारम्भ हुन्छ । एकातिर सरकारलाई हेर्ने काम अर्कोतिर १५ औँ महाधिवेशनको तयारीको काम गर्नुपर्ने हुन्छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनपछि कार्यसमितिलाई पूर्णता दिने, कार्यसम्पादनमा अनुभवी, पार्टीमा योगदान गर्नुभएका नेतृत्वहरूलाई अवसर दिने काम गर्छौँ ।’
उपसभापति भुसालले कार्यसम्पादन समितिमा पनि निर्वाचन अगाडि पदेन सदस्यहरू मात्रै रहने जानकारी दिइन् ।‘निर्वाचन अगाडि हामीले अहिले जति पदाधिकारी हुनुहुन्छ, उहाँहरूलाई कार्यसम्पादन समितिमा राखेर काम गर्छौँ । त्यो बाहेकका सदस्य निर्वाचनपछि मात्रै आपसी छलफलपछि मात्र मनोनीत हुन्छन्,'उनले भनिन्।
आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित १० जना पक्राउ
-
रास्वपा प्रतिनिधिलाई वितरण गरिएको झोलाभित्र के छ ?
-
रास्वपा महाधिवेशनः केन्द्रीय सदस्यमा निवर्तमान महामन्त्री बुर्लाकोटीको उम्मेदवारी, गृहमन्त्री गुरुङ प्रस्तावक
-
तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि, सतर्कता अपनाउन आग्रह
-
‘आई एम ब्याक !’ आलोचकलाई रोनाल्डोको सानदार जवाफ
-
विपद् प्रतिकार्य तालिम तथा सचेतनामूलक कार्यक्रम सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण