निर्वाचनमा कांग्रेसको नीति : जिम्मेवारी तोकेका बाहेक २१ दिन अर्को वडामा जान नपाउने
सारांश
- नेपाली कांग्रेसले फागुन १ देखि २१ गतेसम्म नेता कार्यकर्तालाई वडा नछोड्ने नीति बनायो।
- निर्वाचन परिचालन निर्देशिका ०८२ अनुसार, जसको जिम्मेवारी जहाँ हो, उसले त्यहीँ काम गर्नुपर्नेछ।
- उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा तयार पारिएको निर्देशिकाले वडामा पार्टीका उम्मेदवार जिताउन जोड दिन्छ।
काठमाडौँ । नेपाली कांग्रेसले फागुन १ गतेदेखि २१ गतेसम्म जिम्मेवारी तोकेका नेता–कार्यकर्ताबाहेक अरू कोही पनि आफ्नो वडा छोडेर अर्काको वडामा जान नपाउने नीति बनाएको छ ।
आइतबार बिहान बसेको कार्यसम्पादन समितिको भर्चुअल बैठकले पारित गरेको ‘नेपाली कांग्रेस निर्वाचन परिचालन निर्देशिका ०८२’ मा त्यो व्यवस्था गरिएको हो । निर्देशिकाको बुँदा नम्बर २१ मा यसबारे व्यवस्था गरिएको छ ।
‘फागुन २१ कालागि मेरो २१ दिन’ भन्ने प्रतिबद्धता साथ फागुन १ देखि २१ गतेसम्म ‘जसको पदीय जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ’ भन्ने वाक्यांश राखिएको छ ।
उपसभापति विश्वप्रकाश शर्मा संयोजक रहेको निर्वाचन परिचालन समितिले केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रले निश्चित जिम्मेवारीका साथ निश्चित ठाउँमा तोकेका प्रतिनिधि तत तत स्थानमा कार्य सकेर पुनः आफ्नै जिल्ला, क्षेत्र, पालिका र वडामा केन्द्रित रहने अन्य सबै आफ्नो वडामा बसेर पार्टीका उम्मेदवारको पक्षमा माहौल बनाउनका लागि यस्तो नीति बनाएको हो ।
उपसभापति शर्माले यसअघि सार्वजनिक कार्यक्रममा अर्काको वडामा गएर गफ दिनुभन्दा आफ्नै वडामा बसेर पार्टीका उम्मेदवार जिताउन लाग्नुपर्ने नीति बनाउन लागेको बताउँदै आएका थिए । शर्माको नेतृत्वमा तयार भएर कार्यसम्पादन समितिको भर्चुअल बैठकले पारित गरेको निर्देशिकामा त्यो व्यवस्था राखिएको हो ।
निर्देशिकामा एउटा वडाको क्रियाशील सदस्य अर्को वडामा नगएर ‘हाम्रो वडा हामी जिताउँछौँ’ भन्ने उद्घोषका साथ आ–आफ्नै वडामा खटिनुपर्ने उल्लेख छ । पार्टीका सबै भ्रातृ र शुभेच्छुक संस्थामा आबद्धहरूले पनि सोही बमोजिम जिम्मेवारी निभाउनु पर्ने निर्देशिकामा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान
-
पासपोर्ट छपाई प्रकरण : आज पनि महानिर्देशक अर्यालसहित ७ जनाको बयान
-
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध दायर रिटमा सुनुवाइ हुँदै
-
६ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन
-
डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन
-
कङ्गोमा एक हजारभन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण