सोमबार कुन राशिका लागि शुभ ?
- आजको मिति: वि.सं. २०८२ साल माघ २६ गते, सोमबार
- इस्वी सन्: २०२६ फेब्रुअरी ९ तारिख
- नेपाल संवत्: ११४६
- संवत्सर: सिद्धार्थी
- अयन: उत्तरायण
- ऋतु: शिशिर
- श्रीशाके: १९४७
- पक्ष: फाल्गुन कृष्णपक्ष
- तिथि: अष्टमी (अहोरात्र)
- नक्षत्र: विशाखा (अहोरात्र)
- योग: वृद्धि (४७ घडी ३१ पला, रातको १ बजेर ४८ मिनेट उप्रान्त ध्रुव)
- करण: बालव (बेलुकी ८ बजेर ४३ मिनेट उप्रान्त कौलव)
- आनन्दादि योग: मित्र
- चन्द्रराशि: तुला
सूर्योदय र सूर्यास्त (काठमाडौँ)
- सूर्योदय: बिहान ६ बजेर ४८ मिनेट
- सूर्यास्त: बेलुकी ५ बजेर ४९ मिनेट
- दिनमान: २७ घडी ३३ पला
दिन विशेष: अष्टमी व्रत, गोरखकाली पूजा।
आजको बार बेला (मुहूर्त)
- अमृत बेला: बिहान ६:४८ देखि ६:४९ सम्म
- काल बेला: बिहान ६:४९ देखि ८:११ सम्म
- शुभ बेला: बिहान ८:१२ देखि ९:३३ सम्म
- रोग बेला: बिहान ९:३४ देखि १०:५६ सम्म
- उद्वेग बेला: बिहान १०:५७ देखि १२:१९ सम्म
- चर बेला: दिउँसो १२:२० देखि १:४१ सम्म
- लाभ बेला: दिउँसो १:४२ देखि ३:०४ सम्म
- अमृत बेला: दिउँसो ३:०५ देखि ४:२७ सम्म
- चर बेला: बेलुकी ४:२८ देखि ७:२७ सम्म
नोट: शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभ बेला र अमृत बेलाको समय पारेर गर्नुहोला।
राहुकाल
बिहान ८ बजेर १० मिनेटदेखि बिहान ९ बजेर ३३ मिनेटसम्म।
(नोट: राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नुहुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ।)
ब्रह्म मुहूर्त
बिहान ५ बजेर १२ मिनेटदेखि बिहान ६ बजेर ०० मिनेटसम्म।
आजको राशिफल
- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
नयाँ सवारी साधन तथा मन परेको भौतिक सम्पत्ति जोड्ने समय रहेको छ। व्यापार व्यवसाय फस्टाएर जाने तथा सेयर बजारमा लगानी गरी नाफा कमाउन सकिनेछ। पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ। माया प्रेममा सामीप्यता बढेर जानेछ भने पति-पत्नीबीच मायाको डोरो कसिलो हुनेछ। राजनीतिक यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यतीत हुनेछ।
- वृष (इ, उ, ए, ओ, वा, वी, वु, वे, वो)
मुद्दा मामिला तथा न्यायिक निर्णयहरू तपाईंकै पक्षमा फैसला हुने समय रहेको छ। पढाइ-लेखाइमा उत्कृष्ट नतिजाका साथ तपाईंको नाम अग्र स्थानमा आउनेछ। व्यापार तथा सेयर बजारको लगानी फस्टाएर जाने हुनाले मनग्गे अर्थ सङ्ग्रह गर्न सकिनेछ। प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई हराउँदै अग्रपङ्क्तिमा आउन सकिनेछ। पुराना ऋण तथा समस्याहरू हल भएर जानेछन्। मामा तथा मावली पक्षको सहयोगले राम्रा काम गर्न सकिनेछ।
- मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा)
पढाइ-लेखाइमा अरूभन्दा एक कदम अघि बढी नतिजा आफैँतिर ल्याउन सकिनेछ। बौद्धिक व्यक्तित्वहरू सामु तपाईंले प्रस्तुत गर्नुभएको खरो प्रस्तुतिले सबैको मन जित्नेछ। भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तिको योग रहेको छ। सन्तान तथा छोराछोरीको प्रगतिमा मन रमाउनेछ। शिक्षा क्षेत्रसँग सम्बन्धित व्यवसाय फस्टाएर जानेछ भने अन्य व्यवसायमा नाफा कमाउन सकिनेछ। जीवन साथीको सहयोगले परिणाममुखी काम गर्न सकिनेछ।
- कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफन्तहरू टाढिने तथा पति-पत्नीबीच सामान्य मनमुटाव बढ्ने योग रहेको छ। पढाइ-लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ। राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूका लागि समय मध्यम भएकोले जनताबाट आलोचनात्मक समर्थन पाइनेछ। व्यापार व्यवसायमा नाफा कमाउन निकै नै समय खर्चनु पर्नेछ। तर पनि आधुनिक कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकीकरण गरी प्रशस्त रुपैयाँ पैसा कमाउन सकिनेछ।
- सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
छोटो तथा रमाइलो यात्राको तय हुनेछ। प्रणय सम्बन्धमा सुधार हुनेछ। दाजुभाइको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ। विवादित विषयहरू तपाईंकै पक्षमा आउने हुँदा मन प्रसन्न रहनेछ। राजनीति तथा सामाजिक क्षेत्रमा जनतासँगै रहेर जनताको समस्या बुझ्न पाउँदा मन खुसी हुनेछ। यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यतीत हुनेछ। व्यापार तथा सेयर बजारमा लगानी गरी नाफा कमाउन सकिनेछ।
- कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
व्यापार वा सेयर बजारमा लगानी बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ। सानो प्रयत्नले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ भने आफन्त तथा कुटुम्बको सहयोग पाइनेछ। ज्ञान, कला तथा साहित्यलाई निखार्न सकिनेछ। विचार र बोलीले धेरैको मन जित्न सकिनेछ। परिवारका साथ रमाइलो यात्रा गर्न सकिनेछ। प्रेममा रमाउन चाहनेहरूका लागि समय उत्तम रहेको छ।
- तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते)
भौतिक वस्तुको प्रयोग गर्न पाइने तथा राम्रा पहिरनमा सजिएर अरूको मन लोभ्याउन सकिनेछ। तपाईंबाट राम्रा काम हुने हुनाले परिवार तथा साथीभाइहरू खुसी हुनेछन्। राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहनेछ। नौलो प्रकृतिको काम गरेर आम्दानीका स्रोत बढाउन सकिनेछ भने व्यापार वा सेयर बजारमा आजको दिन लगानी गर्नाले पछिसम्म लाभ मिल्नेछ। पारिवारिक जमघटमा मिष्टान्न भोजन लिने अवसर मिल्नेछ।
- वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
खर्च बढे पनि उपलब्धिमूलक कामहरू हुनेछन्। लामो दुरीको विदेश यात्राको अधिक सम्भावना रहेको छ। विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ भने विदेशमा बसेर धन कमाउन चाहनेहरूका लागि समय उत्तम रहेको छ। समयमा कामहरू फत्ते गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ। खानपानमा ध्यान दिनुहोला, सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ।
- धनु (ये, यो, भा, भि, भु, ध, फा, ढा, भे)
प्राकृतिक स्रोत साधनको प्रयोग तथा परिचालन मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ। पैतृक धन तथा सञ्चित धन सम्पत्तिको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ। इच्छा तथा चाहना बुझ्न सकिने हुनाले प्रेममा उमङ्ग छाउनेछ। पढाइ-लेखाइमा मन जाने हुनाले चाहेको सफलता चुम्न सकिनेछ। आफन्त तथा दाजुभाइको सहयोगले सवारी साधन खरिद गर्न सकिनेछ।
- मकर (भो, जा, जी, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
राजनीति तथा समाजसेवामा जनताको समर्थनले राम्रा काम गर्न सकिनेछ। यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यतीत हुनेछ। व्यापार र सेयर बजारमा लगानी बढाई प्रशस्त आम्दानी गर्न सकिनेछ। कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकीकरण गरी लाभ लिन सकिनेछ। माया प्रेमको गाँठो कसिलो भएर जानेछ। पढाइ-लेखाइमा सहपाठीहरूलाई पछि पार्दै नतिजा आफैँतिर ल्याउन सकिनेछ।
- कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
सामाजिक तथा परोपकारी काममा समय व्यतीत हुनेछ। सरकारी स्तरबाट हुने कामहरू समयमा सम्पादन हुनेछन्। शिक्षाकै सवालमा लामो दुरीको यात्रा हुने प्रशस्त सम्भावना रहेको छ। आफन्त तथा घर परिवारका सदस्यहरूका साथ धार्मिक यात्रामा निस्कन सकिनेछ। अध्ययन तथा खोजमूलक काममा मन जाने योग रहेको छ। राजनीतिमा जनताको गतिलो समर्थन पाइने योग रहेको छ।
- मीन (दी, दु, थ, झ, ञ, दे, दो, चा, चि)
कष्ट भावमा गोचर गर्ने चन्द्रमाले भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला। माया प्रेम गर्ने जोडीहरूले आजको दिन नजिक नहुँदै राम्रो रहनेछ। आर्थिक पाटाहरू कमजोर रहनेछन् भने व्यापार व्यवसायमा आम्दानी नहुँदा दैनिकी प्रभावित हुनेछ। दिदीबहिनीहरूसँग मनमुटाब बढ्नेछ भने आफन्त तथा साथीभाइहरू तपाईं देखि टाढिन सक्छन्। काम वा अध्ययनमा प्रविधिको प्रयोग गर्न सकिनेछ।
तपाईंको दिन शुभ रहोस् !
ज्योतिषी दुर्गा प्रसाद भण्डारी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण