चुनावी अभियान : बालेन निर्वाचन क्षेत्रमा, रवि लामिछाने रुपन्देहीमा
सारांश
- रास्वपाका सभापति रवि लामिछाने र बालेन शाहले चुनावी अभियान अन्तर्गत जनसम्पर्क कार्यक्रम गर्दै छन्।
- रवि लामिछानेले रुपन्देहीका विभिन्न स्थानमा मतदातासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।
- बालेन शाहले झापा क्षेत्र नं. ५ अन्तर्गत विभिन्न स्थानमा नागरिक भेटघाट गर्दै छन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले चुनावी अभियान अन्तर्गत विभिन्न जिल्लामा जनसम्पर्क कार्यक्रम गरिरहेका छन्।
जसअनुसार सभापति लामिछानेले सोमबार रुपन्देहीका विभिन्न स्थानमा जनसम्पर्क तथा ‘घण्टी अभिवादन’ कार्यक्रम गर्दैछन्। पार्टीले सार्वजनिक गरेको तालिका अनुसार लामिछानेले देवदह, ओमसतिया, रोहिणी, सिद्धार्थनगर, शुद्धोदन, बुटवल, सैनामैना, कञ्चनपुर, गैडहवा र लुम्बिनी क्षेत्रका विभिन्न चोक र बस्तीमा पुगेर मतदातासँग भेटघाट गर्ने कार्यक्रम छ। लामिछानेले उम्मेदवारी भने चितवन २ बाट दिएका छन् ।
यसैगरी शाहले आज आफ्नो निर्वाचन झापा क्षेत्र नं. ५ अन्तर्गत कमल गाउँपालिकाका विभिन्न स्थानमा नागरिक भेटघाट कार्यक्रम गर्दै छन्।
शाहको सचिवालयका अनुसार बिहान ७:३० बजेबाट सुरु हुने कार्यक्रमअन्तर्गत सानो केर्खा चोक, सिंघदेबी मन्दिर, केर्खा बजार, केराधाप, क्याम्पा, सुनहरा (उराउ र संथाल बस्ती), ढ्यांग्री, शरंग्पडा बजार, बाह्रबिघा मन्दिर, नहरचोक, शान्ति चोक, सुकुम्बासी बस्ती, समैगड, छलफल चोक र भुत्लुङ स्कुल अगाडि गरी १५ स्थानमा नागरिकसँग भेटघाट गर्ने कार्यतालिका तय गरिएको छ। शाहले यसअघि विभिन्न जिल्लामा नागरिकसँग भेटघाट कार्यक्रम सकिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित १० जना पक्राउ
-
रास्वपा प्रतिनिधिलाई वितरण गरिएको झोलाभित्र के छ ?
-
रास्वपा महाधिवेशनः केन्द्रीय सदस्यमा निवर्तमान महामन्त्री बुर्लाकोटीको उम्मेदवारी, गृहमन्त्री गुरुङ प्रस्तावक
-
तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि, सतर्कता अपनाउन आग्रह
-
‘आई एम ब्याक !’ आलोचकलाई रोनाल्डोको सानदार जवाफ
-
विपद् प्रतिकार्य तालिम तथा सचेतनामूलक कार्यक्रम सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण