परेवालाई ‘बायोड्रोन’ बनाउँदै रुस : दिमागमा चिप जडान गरेर रिमोटबाट उडाइने
सारांश
- मस्कोस्थित स्टार्टअप कम्पनीले परेवालाई 'बायोड्रोन' मा रूपान्तरण गर्ने प्रविधि विकास गरेको छ।
- कम्पनीले चराको मस्तिष्कमा इम्प्लान्ट जडान गरी नियन्त्रण गर्ने र क्यामेरा जडान गरी निगरानी गर्ने योजना बनाएको छ।
- विज्ञहरूले यस प्रविधिको सैन्य प्रयोग हुनसक्ने चिन्ता व्यक्त गरेका छन् भने रुसमा जासुसीका लागि प्रयोग हुने डर बढेको छ।
मस्को । मस्कोस्थित नेइरी नामक स्टार्टअप कम्पनीले आधुनिक ड्रोनभन्दा परेवाहरू बढी प्रभावकारी हुने दाबी गर्दै चराहरूलाई ‘बायोड्रोन’ मा रूपान्तरण गर्ने अनौठो प्रविधि विकास गरेको छ। ब्याट्रीको झन्झट नहुने, खराब मौसममा पनि उड्न सक्ने र कतिपय दुर्गम स्थानमा सजिलै पुग्न सक्ने भएकाले कम्पनीले मेसिनको सट्टा जीवित परेवा रोजेको हो।
यी परेवालाई नियन्त्रण गर्न कम्पनीले तिनीहरूको मस्तिष्कमा विशेष प्रकारको इम्प्लान्ट जडान गरेको छ। यो प्रविधिअन्तर्गत परेवाको मस्तिष्कभित्र मसिना इलेक्ट्रोडहरू राखिन्छ, जसलाई टाउकोमा जडान गरिएको स्टिमुलेटरसँग जोडिएको हुन्छ।

चराको पिठ्युँमा सोलार प्यानलसहितको झोला हुन्छ जसमा कन्ट्रोलर र अन्य इलेक्ट्रोनिक्स सामान राखिन्छ भने छातीमा निगरानीका लागि क्यामेरा जडान गरिएको हुन्छ। कन्ट्रोलरले ड्रोनमा जस्तै प्रि-लोड गरिएको उडान निर्देशन प्राप्त गर्छ र स्टिमुलेटरले दिने विद्युतीय आवेगका आधारमा परेवा दायाँ वा बायाँ मोडिने गर्छन्।
कम्पनीका संस्थापक अलेक्जेन्डर पानोभका अनुसार यो प्रविधिका लागि चरालाई कुनै पूर्व तालिम दिनु पर्दैन। अपरेसन गरेर चिप जडान गरेपछि जुनसुकै जनावरलाई रेडियो-नियन्त्रित बनाउन सकिने उनको दाबी छ।

एउटा परेवा ब्याट्री चार्ज नगरी दिनभरमा झन्डै ५०० किलोमिटर उड्न सक्छ, जुन सामान्य ड्रोनका लागि असम्भव प्रायः छ। कम्पनीले परेवापछि काग, सिगल र अल्बाट्रोस जस्ता ठूला चराहरूलाई पनि यसरी नै प्रयोग गर्ने योजना बनाएको छ।
नेइरीले यी बायोड्रोनहरू औद्योगिक क्षेत्रको निरीक्षण र उद्धार कार्यका लागि प्रयोग हुने बताए पनि विज्ञहरूले भने यसको सैन्य प्रयोग हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।
विशेषगरी रुस जस्तो देशमा यस्ता चराहरूलाई गोप्य जासुसीका लागि प्रयोग गरिने डर बढेको छ। यद्यपि, रुसी प्रविधिहरू विगतमा धेरै पटक असफल भएकाले यो ‘पीजेएन-१’ परियोजना दाबी गरिए जस्तै प्रभावकारी होला या नहोला भन्नेमा धेरैले आशंका पनि गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण