एयरपोर्टमा कार्यरत हवल्दार लुटमा संलग्न आरोपमा पक्राउ
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी हवल्दार कर्ण बहादुर सुनारलाई प्रहरीले पक्राउ गरेको छ । कीर्तिपुरमा एकजना पुरुषको ६० लाख लुटमा संलग्न आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
‘सस्तो दरमा बिल सहितका सुन दिन्छौँ’ भनेर एउटा समूहले पीडितलाई कीर्तिपुर बोलाएका थिए । माघ १४ मा कीर्तिपुर स्थित एबीगाडो क्याफेमा पुगेपछि पीडितलाई हवल्दार सुनार नेतृत्वको समूहले ‘हामी सीआईबीको प्रहरी हौं’ भन्दै उनीसँग भएको ६० लाख डाँकाचोरी गरेर भागेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
३८ वर्षीय हवल्दार नवलपरासी कावासोती–१३ का स्थानीय हुन् । लुटमा संलग्न अन्य ३ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता (एसपी) रामेश्वर कार्कीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण