‘फास्ट ट्रयाक’मा टुचन मेसिन खस्दा एकको मृत्यु, एक घाइते
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटार छोक्रेडाँडामा निर्माणाधीन काठमाडौँ–तराई मधेस दु्रतमार्गमा टुचन मेसिन तल खस्दा फास्ट ट्रयाकमा काम गर्ने एक मजदुरको मृत्युु भएको छ भने एक जना घाइते भएका छन् ।
फास्ट ट्रयाकको १ नम्बर पुलको खाडल खन्नेर खाल्डोबाट टुचनमा बसेर बाहिर आउने क्रममा एक्कासी उक्त मेसिनको ब्रेकफेल भई करिब २१ मिटर तल खस्दा टुचन मेसिनमा बसेका सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–५ निवासी २९ वर्षीय अर्जुन थिङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।
सोही मेसिन खस्दा खाडलभित्र काम गरिरहेका सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–६ घर भएका ३७ वर्षीय जुल्फे तामाङ घाइते भएका र उपचारको लागि काठमाडौँतर्फ पठाइएको प्रहरी नायब उपरीक्षक बोगटीले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी
-
‘बर्ड फ्लु’ सङ्क्रमण फैलिएको समयमा कुखुराको मासु र अण्डा खान हुन्छ ?
-
झापामा चट्याङ लागेर एक जनाको मृत्यु
-
मालवाहक ट्रकबाट १ लाख २० हजार प्रतिबन्धित औषधि ट्रामाडोल बरामद
-
सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ९६ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण