आफूलाई जेनजी अभियन्ता बताउने खड्का पक्राउ
सोमबार, ०८ असार २०८३, १४ : ०४
सारांश
- सल्यान प्रहरीले आफूलाई जेनजी अभियन्ता बताउने युवराज खड्कालाई साइबर अपराधमा पक्राउ गरेको छ ।
- खड्का साइबर क्राइम सम्बन्धी मुद्दामा फरार रहेका थिए ।
- उनी गत भदौको जेनजी आन्दोलनपछि आफूलाई समाजसेवी भन्दै प्रचार गरिरहेका थिए ।
सुर्खेत । आफूलाई जेनजी अभियन्ता बताउने सल्यानका युवराज खड्का पक्राउ परेका छन् । सल्यान प्रहरीले सोमबार कुमाख गाउँपालिका–६ आनन्दपुर निवासी २९ वर्षीय खड्कालाई साइबर अपराध सम्बन्धी कसुरमा पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी देवराज भट्टराईका अनुसार युवराजलाई शारदा नगरपालिका—४ साइलाकम्दा क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।
उनी साइबर क्राइम सम्बन्धी चालु मुद्दामा फरार रहेको प्रहरीको भनाइ छ । खड्का गत भदौको जेनजी आन्दोलनपछि आफूलाई सामाजिक सञ्जालमा समाजसेवी भन्दै प्रचार गरिरहेका थिए भने बेथितिका विरुद्धमा आफू लागिरहेको बताउँथे ।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वाणिज्य बैंकमा सुन धितो राखेकाहरूले गरे प्रदर्शन
-
बागमतीको बजेटः स्थानीय तहलाई नगदभन्दा ‘प्रोजेक्ट’ मा जोड
-
नेपालले भारत र चीनसँगको सम्बन्धलाई आर्थिक समृद्धिमा बदल्नुपर्छ : अर्थशास्त्री ओली
-
स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीको २६औं वार्षिक साधारण सभा सम्पन्न
-
रास्वपाका दुई महामन्त्री पदमा आकांक्षीको ओइरो
-
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन एक दिन लम्बिने, मनिष झा महामन्त्रीमा भिड्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण