रास्वपा कपिलवस्तुका सङ्गठन प्रमुख पक्राउ
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका कपिलवस्तु जिल्ला सङ्गठन प्रमुख रिखिराम भट्टराई पक्राउ परेका छन्।
- भट्टराईले बैंक कारोबारका कागजात फेसबुकमा सार्वजनिक गरेपछि प्रहरीले पक्राउ गरेको हो।
- उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइनेछ।
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु जिल्ला सङ्गठन प्रमुख रिखिराम भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ ।
जिलाको बाणगंगा नगरपालिका– ८ का भट्टराईले प्रहरी अनुसन्धानमा रहेको बैंक कारोबारका कागजातहरू फेसबुकमार्फत सार्वजनिक गरेपछि प्रहरीले बुधबार गरेको हो ।
गत माघ २६ गते भट्टराईले आफ्नो फेसबुकबाट ती कागजातहरू सार्वजनिक गरेपछि पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक रिपेन्द्र कुमार सिंहले जानकारी दिए ।
सामाजिक सञ्जाल फेसबुकमा विभिन्न सामग्री पोष्ट गरेर घृणा र द्वेष फैलाउने कार्य तथा गोपनीयता भङ्ग गरेको उजुरीपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक सिंहले जानकारी दिए ।
उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने उनले बताए ।
भट्टराईले यसअघि पनि पटक पटक फेसबुकमार्फत व्यक्तिको चरित्रहत्या गर्ने गरेको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओमप्रसाद पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
लहान नगरपालिकाले ल्यायो एक अर्ब ३८ करोडको बजेट
-
मकवानपुरका १० मध्ये ९ वटा स्थानीय तहले ल्याए बजेट, प्राथमिकतामा पूर्वाधार, शिक्षा र कृषि
-
उपमहानगरउन्मुख वीरेन्द्रनगरः फेरि मापदण्ड पूरा भएको दाबी, आधुनिक सहरको विकासमा जोड
-
संवैधानिक परिषद् अध्यादेशको विवाद टुङ्गियो, रिट दर्ताको बाटो बन्द
-
पासपोर्ट र भिसाबिनै नेपालमा बस्दै आएका २४ बङ्गलादेशी नागरिक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण