ब्राउनसुगरको कारोबार गर्ने तीन जना पक्राउ, नगद र डिजिटल तराजु पनि बरामद
सारांश
- पोखरामा ब्राउनसुगरसहित तीन जना पक्राउ परेका छन्।
- प्रहरीले २४.१५ ग्राम ब्राउनसुगर, नगद १ लाख ४२ हजार रुपैयाँ र अन्य सामग्री बरामद गर्यो।
- पक्राउ पर्नेमा रोशन गुरुङ, विश्वास गुरुङ र गंगा पुर्जा रहेका छन्, उनीहरूमाथि अनुसन्धान भइरहेको छ।
पोखरा । कास्कीको पोखरा महानगरपालिका–११ जनजाग्रिती टोलबाट प्रहरीले ठूलो परिमाणको ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ । लागू औषधको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले २४.१५ ग्राम खैरो हिरोइन (ब्राउनसुगर) सहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा पोखरा–११ बस्ने ३० वर्षीय रोशन गुरुङ, सोही ठाउँमा बस्ने अन्नपूर्ण गाउँपालिका–४ का ४४ वर्षीय विश्वास गुरुङ र पोखरा–३१ मोहरिया बस्ने म्याग्दीका ४१ वर्षीय गंगा पुर्जा रहेका छन्। नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, लागू औषध नियन्त्रण ब्यूरो र वडा प्रहरी कार्यालय रामबजारको टोलीले उनीहरूको शरीर र कोठा खानतलासी गर्दा उक्त लागू औषध फेला पारेको हो।
प्रहरीले घटनास्थलबाट ब्राउनसुगरका साथै नगद १ लाख ४२ हजार रुपैयाँ, एउटा डिजिटल तराजु र विभिन्न कम्पनीका ४ थान मोबाइल सेट समेत बरामद गरेको छ।
पक्राउ परेका तीनै जना विरुद्ध कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओमप्रसाद पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
लहान नगरपालिकाले ल्यायो एक अर्ब ३८ करोडको बजेट
-
मकवानपुरका १० मध्ये ९ वटा स्थानीय तहले ल्याए बजेट, प्राथमिकतामा पूर्वाधार, शिक्षा र कृषि
-
उपमहानगरउन्मुख वीरेन्द्रनगरः फेरि मापदण्ड पूरा भएको दाबी, आधुनिक सहरको विकासमा जोड
-
संवैधानिक परिषद् अध्यादेशको विवाद टुङ्गियो, रिट दर्ताको बाटो बन्द
-
पासपोर्ट र भिसाबिनै नेपालमा बस्दै आएका २४ बङ्गलादेशी नागरिक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण