दक्षिण सुडानमा तैनाथ सैनिकको अदलीबदली
बिहीबार, २९ माघ २०८२, ०२ : १०
सारांश
- दक्षिण सुडानमा शान्ति स्थापनाका लागि गरुडदल गण शान्ति सेनाको १२औँ समूह प्रस्थान गरेको छ।
- १६२ जना नेपाली शान्ति सैनिकको पहिलो टोली मिसन इलाका प्रस्थान गर्यो ।
- १७१ जना नेपाली शान्ति सैनिक स्वदेश फिर्ता भए, हाल १,०६९ सैनिक कार्यरत छन्।
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनाका लागि दक्षिण सुडानमा परिचालित हुनका लागि गरुड दल गण शान्ति सेनाको १२औँ समूहको टोली त्यसतर्फ प्रस्थान गरेको छ ।
यसअघि त्यहाँ खटिएको चण्डीप्रसाद गणको ११औँ डफ्फालाई बदली गर्न १६२ जना नेपाली शान्ति सैनिकको पहिलो टोली बुधबार मिसन इलाका प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
उक्त मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरेका १७१ जना नेपाली शान्ति सैनिक आजै स्वदेश फिर्ता भएका छन् । हाल त्यस मिसनमा एक हजार ६९ जना शान्ति सैनिकहरू कार्यरत रहेको निर्देशनालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक व्यक्तिलाई अपराधीजस्तो व्यवहार गरे देश अन्तरद्वन्द्वतर्फ जान्छ : झलनाथ खनाल
-
गृहमन्त्रीको खाजामा माछाको काँडा प्रकरण : ‘चाडपर्व र भीआईपीका बेला मात्र होइन, वर्षभरि अनुगमन गर’
-
फ्रान्समा इबोलाको पहिलो सङ्क्रमण पुष्टि
-
६ महानगरको बजेट : सहरी पूर्वाधारदेखि कृषि उद्यमसम्म, सेवा र कर छुटलाई प्राथमिकता
-
सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गर्ने युवक पक्राउ
-
भाइकिङ समाजको नयाँ रहस्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण