इटालीको शानदार ब्याटिङः क्षतिबिनै नेपालविरुद्ध १० ओभरमा बनायो ९७ रन
बिहीबार, २९ माघ २०८२, १७ : ४५
मुम्बई । ओपनरद्वय एन्थोनी मस्का र जस्टिन मस्का चम्किँदा इटालीले नेपालविरुद्ध १० ओभरमै ९७ रन जोड्न सफल भएको छ ।
इटालीले कुनै पनि विकेट नगुमाउँदै यो आँकडा पार गरेको हो ।
वाङ्खेडे स्टेडियममा १२४ रनको लक्ष्य पछ्याएको इटालीका लागि जस्टिनले ४९ र एन्थोनीले ४७ रन जोडेका छन् ।
यसअघि नेपालले १९.३ ओभरमा अलआउट हुँदै १२३ रन बनाएको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण