इण्डो–नेपाल टी–२० च्याम्पियनसीपको उपाधि भद्रपुर क्रिकेट क्लबलाई
झापा । पहिलो पटक आयोजित कोशी–पाथीभरा इण्डो–नेपाल टी–२० च्याम्पियनसिपको उपाधि आयोजक भद्रपुर क्रिकेट क्लबले जितेको छ ।
भद्रपुर–८ स्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा आज सम्पन्न फाइनल खेलमा भारतको राइनोल्याण्ड क्रिकेट क्लब आसामलाई ४ विकेटले पराजित गर्दै भद्रपुरले उपाधि जितेको हो ।
उपाधिसँगै भद्रपुरले नगद रु पाँच लाख पुरस्कार प्राप्त गरेको छ भने उपविजेता आसामले नगद रु तीन लाख प्राप्त गरेको प्रतियोगिताका संयोजक गौरव सुब्बा ‘मनोज’ले जानकारी दिए।
खेलको प्लेयर अफ द म्याच भुवन कार्कीले रु ११ हजार पुरस्कार प्राप्त गरे । प्रतियोगितामा बेस्ट फिल्डर भद्रपुरका भुवन कार्की, इमर्जिङ प्लेयर आसामका निबिर डेका र बेस्ट ब्याटर लखनउका रमन कादयान भए । उनीहरुले रु २५ हजार पुरस्कार प्राप्त गरे । प्लेयर अफ द टुर्नामेन्ट गोकुल शर्मा भए । उनले रु ५१ हजार प्राप्त गरेको आयोजक क्लबका महासचिव वसन्त पोखरेलले जानकारी दिए।
विजेता टिम तथा खेलाडीलाई कोशी प्रदेशका पूर्वमन्त्री उद्धव थापा, कोशी प्रदेशसभा सदस्य छविलाल चुडाल, भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, गोर्खा टि इण्डष्ट्रिज इलामका सञ्चालक उदय चापागाईं, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल, आयोजक क्लबका अध्यक्ष आदित्य पराजुलीलगायतले पुरस्कार वितरण गरे।
कोशी प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्षसमेतलाई जोडेर यही माघ २१ गतेदेखि आयोजना गरिएको प्रतियोगिता राष्ट्रिय–अन्तर्राष्ट्रिय चर्चा बटुल्दै सफलतापूर्वक सम्पन्न भएको अध्यक्ष सुब्बाले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : भुईँदेखि भित्तासम्म असरल्ल छरिएका उम्मेदवारका प्रचार सामग्री, तस्बिरहरू
-
मन्त्रालयको संख्या घटाएको सरकारले मन्त्रीका स्वकीयको संख्या ९ पुर्यायो
-
वीरगञ्जको नीति तथा कार्यक्रम : सुशासनयुक्त महानगरमा जोड, नागरिक केन्द्रित सेवा प्रणाली
-
विश्वकप २०२६ः सबै टोलीको दोस्रो खेल सकिँदा के–के भयो अहिलेसम्म ?
-
रास्वपा महाधिवेशन ‘साइड इफेक्ट’ : प्रतिनिधि सभा बैठक सर्यो
-
पार्टी स्थापनाको छोटो समयमै सरकारको नेतृत्व गर्ने कीर्तिमान रास्वपाले बनाएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण