आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय
आजकाे राशिफल

यस्तो रहने छ आज तपाईँको दिन, हेर्नुहोस् राशिफल

शनिबार, ०२ फागुन २०८२, ०५ : ००
शनिबार, ०२ फागुन २०८२

सारांश

  • आजको पञ्चाङ्गमा वि.सं. २०८२ साल फाल्गुन २ गतेको बार, तिथि, नक्षत्र, योग, र करणसहितको जानकारी दिइएको छ।
  • शनि प्रदोष व्रत र प्रणय दिवसको बारेमा जानकारी दिइएको छ, साथै शुभ कार्यका लागि उपयुक्त समय र राहुकालको समय उल्लेख गरिएको छ।
  • मेषदेखि मीन राशिसम्मका व्यक्तिका लागि राशिफल र दैनिक जीवनमा आइपर्ने विभिन्न पक्षबारे जानकारी दिइएको छ।

आजको पञ्चाङ्ग

वि.सं.२०८२ साल फाल्गुन २ गते । शनिबार । ईश्वी सन् २०२६ फेब्रुअरी १४ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४७ । फाल्गुन कृष्णपक्ष । तिथि–द्वादशी, २२ घडी १५ पला, दिउँसो ३ बजेर ३८ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–पूर्वाषाढा, २८ घडी ४२ पला, बेलुकी ६ बजेर १३ मिनेट उप्रान्त उत्तराषाढा । योग–सिद्धि, ५२ घडी ४ पला, रातको ३ बजेर ३४ मिनेट उप्रान्त व्यातिपात । करण–तैतिल, दिउँसो ३ बजेर ३८ मिनेट उप्रान्त गर, रातको ४ बजेर १८ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–मातंग योग । चन्द्रराशि–धनु  ।

काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ४४ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ५३ मिनेट । दिनमान २७ घडी ५२ पला ।

दिन विशेष :  शनि प्रदोष व्रत । प्रणय दिवस ।

आजको बार बेला ।

  • बिहान ६ बजेर ४४ मिनेटसम्म काल बेला ।
  • बिहान ६ बजेर ४५ मिनेटदेखि बिहान ८ बजेर ८ मिनेटसम्म शुभ बेला ।
  • बिहान ८ बजेर ९ मिनेटदेखि बिहान ९ बजेर ३२ मिनेटसम्म रोग बेला ।
  • बिहान ९ बजेर ३३ मिनेटदेखि बिहान १० बजेर ५५ मिनेटसम्म उद्वेग बेला ।
  • बिहान १० बजेर ५६ मिनेटदेखि बिहान १२ बजेर १९ मिनेटसम्म चर बेला ।
  • दिउँसो १२ बजेर २० मिनेटदेखि दिउँसो १ बजेर ४२ मिनेटसम्म लाभ बेला ।
  • दिउँसो १ बजेर ४३ मिनेटदेखि दिउँसो ३ बजेर ६ मिनेटसम्म अमृत बेला ।
  • दिउँसो ३ बजेर ७ मिनेटदेखि बेलुकी ४ बजेर २९ मिनेटसम्म काल बेला ।
  • बेलुकी ४ बजेर ३० मिनेटदेखि बेलुकी ७ बजेर २९ मिनेटसम्म लाभ बेला ।

नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल

दिउँसो ९ बजेर ३१ मिनेटदेखि बिहान १० बजेर ५५ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको ।

ब्रहा मुहूर्त

बिहान ५ बजेर ८ मिनेटदेखि बिहान ५ बजेर ५६ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) शैक्षिक वा धार्मिक यात्रा हुने योग रहेको छ । धार्मिक पुस्तक अध्ययन गरी ज्ञान आर्जन गर्न सकिनेछ भने धर्मसँग सम्बन्धित सामानको व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । पहिरन तथा खाद्यान्नमा आज गरिएको लगानीबाट प्रशस्त आम्दानी हुनेछ । प्रेम प्रस्ताव आउने तथा प्रणय सम्बन्धमा रमाउन चाहनेहरूका लागी समय शुभ रहेको छ । गीत सङ्गीत तथा कला क्षेत्रमा समय दिनेहरूका लागी समय उत्तम रहेको छ । राजनीतिकर्मी तथा समाजसेवीहरूका लागी समयले साथ दिनेछ ।
  • वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आफन्त तथा दिदी बहिनीसँग साना कुरामा राय बाझिनेछ भने घमन्ड गर्ने बानिले आफैलाई समस्या पार्नेछ । आर्थिक मुद्दाहरू हल हुनुको सट्टा थप जटिल बन्नेछ । बोलीमा रुखोपना बढी आउने हुँदा आफन्त तथा साथीभाइहरू टाढिनेछन् । भौतिक सम्पत्ति प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्नाहरुको सामना गर्नु पर्नेछ । तर पनि नसोचेको धन तथा सम्पत्ति प्रयोग गर्न पाइने हुँदा मन प्रसन्न रहनेछ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । यात्रा, मनोरञ्जन तथा खानपानमा समय व्यातित हुनेछ ।
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) इमानदारिता तथा लगानशीलताले पक्ष पहिल्याउन सहज हुनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने नयाँ प्रकृतिको काम गरी मनग्गे आम्दानी गर्न सकिनेछ । राजनीति तथा सामाजिक क्षेत्रमा जनतासँगै रहेर जनताको समस्या बुझ्न पाउँदा मन प्रसन्न हुनेछ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरूका लागी यात्राको अवसर जुर्नेछ । मन परेको मानिसबाट उपहार प्राप्तिको योग रहेको छ । महँगा तथा बिलासी वस्तुको प्रयोग मार्फत अरूको मन आफूतिर तान्न सकिनेछ ।
  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार व्यवसायमा लगानी बढाएर प्रशस्त रुपैयाँ पैसा कमाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा दाम्पत्य जीवनको गाँठो अझ मजबुत भएर जानेछ । मावली पक्षबाट भनेजस्तो सहयोग प्राप्त हुनेछ । लामो दुरीको यात्राको अधिक सम्भावना रहेको छ भने यात्राबाट भनेजस्तो उपलब्धि हात पर्ने ग्रहयोग रहेको छ । वादविवाद तथा मुद्दा मामिलामा प्रतिस्पर्धीहरूलाई हराउँदै जित निकाल्न सकिनेछ । खेलकुद, यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
  • सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) काम गर्ने वातावरण बन्ने हुनाले आर्थिक अवस्था सुदृड हुनेछ । व्यापारबाट नाफा कमाउन सकिनेछ । आफन्त तथा सन्तानबाट तपाईँको काममा विशेष सहयोग प्राप्त हुनेछ । बौद्धिकताको प्रयोग गरी नाम तथा दाम कमाउन सकिनेछ । नयाँ विचार दिमागमा आउने हुनाले प्रविधिको प्रयोग गरी व्यवहारमा रूपान्तरण गर्न सकिनेछ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ भने उपहार पाइनेछ ।  राजनीतिक यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ ।
  • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) अध्ययन तथा अध्यापनमा सफलता प्राप्त गर्न अलि बढी नै मेहनत गर्नु पर्नेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले सर्वसाधारणसँग सन्तुलित व्यवहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा कमी हुनेछ । तर पनि आमा तथा आफन्तबाट भनेजस्तो सल्लाह तथा सुझाव पाइने हुनाले सुधारात्मक काम गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसायबाट राम्रो आम्दानी हुनेछ । खेलकुद तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा उपहार प्राप्त हुनेछ ।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) अर्थ उपार्जनका विभिन्न स्रोतहरू जुट्ने हुनाले पछिसम्म आम्दानी हुने व्यवसायमा लगानी बढाउन सकिनेछ । परिवारका साथ रहेर मिष्ठान्न भोजन लिने अवसर मिल्नेछ । तपाईँले सुरु गर्नुभएको कामको दाजुभाइ तथा छिमेकीबाट उच्च मूल्याङकन हुने ग्रहयोग रहेको छ । व्यापारबाट भनेजस्तो नाफा कमाउन सकिनेछ । आफ्नो प्रिय पात्रलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न रहनेछ । विवादित विषयहरूको नतिजा तपाईँ आफ्नै पक्षमा आउने हुनाले मन प्रसन्न हुनेछ ।
  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यवसायमा लगानी बढाई प्रशस्त आम्दानी गर्न सकिनेछ । बोलीको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरू सम्पादन हुनेछन् । खोज तथा अनुसन्धानको क्षेत्रमा खर्चिएको समयबाट सकारात्मक नतिजा आउने हुनाले मन प्रसन्न हुनेछ । पारिवरका साथ रहेर मिष्ठान्न भोजन गर्ने अवसर मिल्नेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने छोटो दुरीको रमाइलो यात्राको तय हुनेछ । बिलासी सामान उपहारको रूपमा प्राप्त हुनेछ ।
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) नयाँ प्रविधिको प्रयोग गरी व्यापारलाई बिस्तार गर्न सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ भने मेहनेतले गन्तव्य पहिल्याउन सहज हुनेछ । प्रेममा एक अर्कालाई बुझ्ने अवसर प्राप्त हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले समयको सूक्ष्म व्यवस्थापन गर्न सके मान सम्मान तथा प्रतिष्ठा कमाउने समय रहेको छ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ भने यात्राको अवसर प्राप्त हुनेछ ।
  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समय तथा कामको तालमेल नमिल्दा अरूभन्दा पछि परिनेछ । अध्ययनमा मन नजानाले नतिजा अरूकै पोल्टोमा पर्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउने तथा औषधी उपचार खर्च बढ्नेछ । तर पनि बसाई सराई तथा लामो दुरीको यात्राको तय हुनेछ । विदेशी लगानीबाट सञ्चालित संस्थामा काम पाइनेछ । प्रेममा नजिक हुन सकिनेछ भने उपहार प्राप्तिको योग रहेको छ । राजनीतिक यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) इमानदार तथा लगनशील भएर लाग्नाले समाजमा राम्रा काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । राजनीतिक यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ । कार्यक्षेत्रमा प्रतिष्ठित काम गरी सबैको ध्यान केन्द्रित गर्न सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समय राम्रो रहेको छ । बिलासी सामान उपहारको रूपमा प्राप्त हुनेछ ।
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पुराना समस्याहरू समाधान गरी आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । शत्रु परास्त हुनेछन् भने आफ्नो क्षेत्रमा वर्चस्व कायम राख्न सकिने तथा पहुँच बिस्तार गर्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपाईँको काममा सहयोग हुनेछ । परिवार तथा आफन्तको साथ पाइने हुनाले काम गर्न सहयोग पुग्नेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समय शुभ रहेको छ । प्रेम सम्बन्धहरूलाई विवाहमा परिणत गरी घर गृहस्थी सुचारु गर्ने समय रहेको छ । राजनीतिक यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप