चितवनमा निर्वाचन सुरक्षा व्यवस्था मजबुतः राजमार्गमा तालिमप्राप्त कुकुरसहित खानतलासी
चितवन । चितवनको निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित र सुरक्षित बनाउन सुरक्षा निकायले आफ्नो सक्रियतालाई तीव्र पारेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीकाअनुसार आसन्न निर्वाचनको अवधिभर सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै विशेष सुरक्षा रणनीति कार्यान्वयनमा ल्याइएको हो ।
निर्वाचन आयोगले तोकेको प्रचारप्रसारको १५ दिने अवधिलाई लक्षित गर्दै (सोमबार) ४ गतेदेखि जिल्लाका सबै निर्वाचन क्षेत्रमा सभा, सम्मेलन र जुलुस हुने भएकाले सुरक्षा परिचालन अझ प्रभावकारी बनाइने एसपी पुरीले जानकारी दिए।
उनकाअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोलीले राजमार्गदेखि सबै निर्वाचन क्षेत्रका मुख्य नाकाहरूमा आकस्मिक जाँच (सरप्राइज चेकिङ) सुरु गरिसकेको छ । चितवन देशको मध्य भागमा अवस्थित हुनाले यसलाई सुरक्षाका दृष्टिकोणले महत्वपूर्ण ‘ट्रान्जिट प्वाइन्ट’ मानिन्छ ।
अन्य जिल्लाबाट हुनसक्ने अवैध सामग्रीको ओसारपसार र निर्वाचन बिथोल्ने प्रयासलाई रोक्न प्रहरीले तालिमप्राप्त कुकुरहरूको प्रयोग गरी ठाउँ–ठाउँमा चेक प्वाइन्ट स्थापना गरेको छ । यसले निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।
जिल्लाका तीन वटा निर्वाचन क्षेत्रबाट चुनावी मैदानमा रहेका कुल ६४ जना उम्मेदवारहरूको सुरक्षालाई प्रहरीले उच्च प्राथमिकतामा राखेको छ । उम्मेदवारहरूले गर्ने घरदैलो कार्यक्रम र चुनावी प्रचारप्रसारका क्रममा आवश्यक सुरक्षा समन्वय मिलाइएको छ ।
‘कुनै उम्मेदवारलाई सुरक्षा चुनौती महशुस भएमा जिल्ला सुरक्षा समितिको निर्णयअनुसार थप सुरक्षा उपलब्ध गराउन सकिने व्यवस्था छ,’ एसपी पुरीले भने। प्रहरीले जिल्लाभर लङ रेन्ज पेट्रोल र सर्ट रेन्ज पेट्रोललाई नियमित बनाएको छ । चितवनमा ठूला राजनीतिक दलका शीर्ष नेताहरूको उपस्थिति र प्रतिष्पर्धा हुने भएकाले पनि सुरक्षा निकायले यहाँ विशेष निगरानी बढाएको हो ।
हालसम्म जिल्लामा कुनै अप्रिय घटना नभएको र सुरक्षा स्थिति चुस्तदुरुस्त रहेको प्रहरीले दाबी गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण