चैत्र २७ मा फिल्म ‘डल्लेले इन्ट्री मार्यो’ प्रदर्शन हुने
सारांश
- चलचित्र 'डल्लेले इन्ट्री मार्यो' आगामी चैत्र २७ गते प्रदर्शनमा आउने भएको छ।
- अभिनेत्री रोशनी खड्का र अभिनेता सागर लम्साल सार्वजनिक पोस्टरमा देखिएका छन्।
- रोशनी खड्काको डेब्यु फिल्म 'डल्लेले इन्ट्री मार्यो' बाट उनी आशावादी छिन्।
काठमाडौँ । फिल्म ‘डल्लेले इन्ट्री मार्यो’ आगामी २७ चैत्रमा सार्वजनिक प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको एक पोस्टर सार्वजनिक गर्दै फिल्म नयाँ वर्षको अवसर पारेर प्रदर्शनमा आउन लागेको जानकारी दिएका हो । सार्वजनिक पोस्टरमा अभिनेता सागर लम्साल र अभिनेत्री रोशनी खड्का देखिएका छन् ।
मोड्लिङबाट करिअर सुरु गरेकी रोशनी उनै हुन्, जो २०२५ को मिस नेपाल प्रतिगोयताको अडिसनबाट एकाएक चर्चामा आएकी थिइन । अडिसन दिन गएकी रोशनीलाई मिस नेपालकी एक निर्णायक रचना गुरुङले औपचारिक परिचय नसोधीकनै सुरुमै उनको हातको बारेमा बताउन भनेको क्लिप सार्वजनिक भएको थियो ।
उक्त क्लिप एकाएक भाइरल भएको थियो । जन्मजात एउटा हत्केलारहित रोशनीलाई निरुत्साहित पारेको भन्दै हजारौँले रचनालाई गाली गलौचका कमेन्ट गरेका थिए ।
सुन्दरी, प्रतिभावान अनि निडर रोशनी आफ्नो अथक परिश्रम, लगाव र दुढताका साथ मोडलिङ र अभिनयमा करिअर अघि बढाइरहेकी छिन् । उनी आफ्नो डेब्यु रहेको फिल्म ‘डल्लेले इन्ट्री मार्यो’ बाट निकै आशावादी छन् ।
राजु गिरीको निर्देशन, उमेशकुमार बस्नेतको कथा अनि लक्ष्मण सुवेदीको पटकथा, संवाद रहेको फिल्ममा सागर लम्साल, रोशनी खड्का, रमेश बुढाथोकी, रवीन्द्र झा, हेमन्त बुढाथोकी, विशाल पहाडी, कैलाश रावल, रवि गिरी, ध्रुव कोइराला, सावित्री चिलुवाल, आशा पौडेल, लक्ष्मीनाथ तिमिल्सिना, ओसिन भट्टराई, सुष्मा केसी, रामहरि खड्का, राजु गिरी, सुचेन्द्र परियारलगायत बाल कलाकार काजोल, कंगना गिरी र रोनीश खड्काको अभिनय छ ।
कार्यविनायक फिल्म्स र उषा फिल्म्सको प्रस्तुति रहेको फिल्मको निर्मातामा साबित्रा चिलुवाल, आषिक बस्नेत, आदर्श बस्नेत, निर्मला बस्नेत र सरिता पुरी गिरी छन् । श्याम तामाङले खिचेको फिल्ममा अर्जुन पोखरेल, बाबुल गिरी र रिमेशकुमार थापाको सङ्गीत, केशवराज भट्टको कोरियोग्राफी छ । फिल्मलाई नेशनल सिने ग्रुप नेपालले वितरण गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण