‘लालिमा’को गीत ‘तिमीलाई माया गर्छु’मा रोशनी र जीवनको रोमान्स
काठमाडौँ । २९ फागुनबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘लालिमा’ गीत ‘तिमीलाई माया गर्छु’ सार्वजनिक गरिएको छ । नायिका रोशनी कार्की र नायक जीवन भट्टराई फिचर्ड गीतमा रोशनी र जीवनको द्वन्द्व र रोमान्स देख्न सकिन्छ । रोशनीको चरित्रको यौन व्यवसायको पाटो र उनी मानसिक रूपमा विक्षिप्त भएको भिडियोबाट अनुमान गर्न सकिन्छ ।
गीतमा उषा रजक, शिशिर वाङ्देल र सुष्मा निरौलालगायतका कलाकार समेत अटाएका छन् । गायिका प्रीति कौरको स्वर रहेको गीतमा शब्द रोशन मिराज, केएम जोशी र गायिका कौरका छन् ।
रोशन मिराजको लेखन–निर्देशन रहेको फिल्ममा फिल्ममा शिशिर वाङ्देल, जीवन भट्टराई, उषा रजक र सुष्मा निरौलालगायतको अभिनय छ। फेथ आस्थाको प्रस्तुतिमा बनेको यस फिल्मकी कार्यकारी निर्माता रीना लामा हुन् ।
नेसनल सिने ग्रुप नेपालले यो फिल्म वितरण गर्दै छ । अहिलेको अवस्थामा प्रतिनिधिसभा चुवानपछिको पहिलो प्रदर्शन मिति फागुन २९ मा हलमा लाग्ने ‘लालिमा’ एक मात्रै फिल्म हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको केन्द्रीय सदस्यमा प्रकाशचन्द्र परियारको उम्मेदवारी
-
एआई अपनाएसँगै ओरेकलद्वारा २१ हजार कर्मचारी कटौती
-
रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र नौ ठाउँबाट बाँडिदै
-
घट्यो हेटौँडा उपमहानगरपालिकाको बजेट, आगामी वर्षका लागि २ अर्ब ८५ करोडको बजेट पेस
-
रास्वपा महाधिवेशनः एक जनाले एक उम्मेद्वारको मात्र प्रस्तावक बन्न पाउने
-
चिकित्सकहरू विदेश पलायन हुने क्रम तीव्र, सन् २०२० यता ११ हजारभन्दा बढी बाहिरी मुलुकतर्फ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण