छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
सारांश
- विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।
- महोत्तरी, चितवन, रूपन्देही र नवलपरासीमा भएका दुर्घटनामा पैदलयात्री, मोटरसाइकल र स्कुटर चालकको ज्यान गएको छ।
- प्रहरीले दुर्घटनाको अनुसन्धान गरिरहेको छ र चालकहरूलाई नियन्त्रणमा लिएको छ।
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। महोत्तरी, चितवन, रूपन्देही र नवलपरासी पश्चिममा सोमबार र मंगलबार भएका यी दुर्घटनामा परी ज्यान गुमाउनेमा पैदलयात्रीदेखि मोटरसाइकल र स्कुटर चालकसम्म रहेका छन्।
महोत्तरीको गौशाला नगरपालिका-३ नवराजपुर बगैँचामा गाडी र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा ७० वर्षीय राम बिलाश महतोको मृत्यु भएको छ। प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा उनको ज्यान गएको हो।
यता, चितवनको कालिका नगरपालिका-७ बेलचौरमा अटोले ठक्कर दिँदा स्कुटर चालक ३८ वर्षीय प्रकाश मल्ल ठकुरीको मृत्यु भएको छ भने भरतपुरकै तेह्रसाल चोकमा स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा ३३ वर्षीय शम्भु पोख्रेलले ज्यान गुमाएका छन्।
यस्तै, रूपन्देहीको सिद्धार्थनगर नगरपालिका-८ क्षितिजपथमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा २६ वर्षीय अमन धवलको मेडिकल कलेज भैरहवामा उपचारका क्रममा मृत्यु भएको छ।
उता नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका-५ सखुवानी चोकमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका ६२ वर्षीय पैदलयात्री अर्जुन बहादुर थारूको मंगलबार बिहान देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ।
प्रहरीले यी सबै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ र ठक्कर दिने सवारी साधनका चालकहरूलाई नियन्त्रणमा लिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण