सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
आजकाे राशिफल

बुधबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

बुधबार, ०६ फागुन २०८२, ०५ : ००
बुधबार, ०६ फागुन २०८२

सारांश

  • आजको पञ्चाङ्गले वि.सं. २०८२ फाल्गुन ६ गतेको विवरण प्रस्तुत गर्दछ, जसमा विभिन्न तिथि, नक्षत्र र योगहरू समावेश छन्।
  • मेषदेखि मीन राशिसम्मका व्यक्तिका लागि राशिफल प्रस्तुत गरिएको छ, जसमा दिनभरका लागि विभिन्न अवसर र चुनौतीहरूको पूर्वानुमान गरिएको छ।
  • दिन विशेषमा पञ्चक र ग्याल्पो ल्होसार उल्लेख छ, साथै शुभ कार्यका लागि लाभ बेला र अमृत बेलाको समय तालिका दिइएको छ।

आजको पञ्चाङ्ग

वि.सं.२०८२ साल फाल्गुन ६ गते । बुधबार । इस्वी सन् २०२६ फेब्रुअरी १८ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४७ । फाल्गुन शुक्लपक्ष । तिथि–प्रतिपदा, २७ घडी २ पला, बेलुकी ५ बजेर ३० मिनेट उप्रान्त द्वितीया । नक्षत्र–शतभिषा, ३८ घडी २७ पला, बेलुकी १० बजेर ४ मिनेट उप्रान्त पूर्वाभाद्रपदा । योग–शिब, ४२ घडी ४० पला, बेलुकी ११ बजेर ४५ मिनेट उप्रान्त सिद्ध । करण–बव, बेलुकी ५ बजेर ३० मिनेट उप्रान्त बालव, रातको ५ बजेर १० मिनेट उप्रान्त कौलव । आनन्दादिमा–मानस योग । चन्द्र राशि–कुम्भ ।

काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ४१ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ५५ मिनेट । दिनमान २८ घडी ७ पला ।

दिन विशेष :   पञ्चक। ग्याल्पो ल्होसार।

आजको बार बेला ।

  • बिहान ६ बजेर ४१ मिनेटसम्म लाभ बेला ।
  • बिहान ६ बजेर ४२ मिनेटदेखि बिहान ८ बजेर ५ मिनेटसम्म अमृत बेला ।
  • बिहान ८ बजेर ६ मिनेटदेखि बिहान ९ बजेर ३० मिनेटसम्म काल बेला ।
  • बिहान ९ बजेर ३१ मिनेटदेखि बिहान १० बजेर ५४ मिनेटसम्म शुभ बेला ।
  • बिहान १० बजेर ५५ मिनेटदेखि बिहान १२ बजेर १९ मिनेटसम्म रोग बेला ।
  • दिउँसो १२ बजेर २० मिनेटदेखि दिउँसो १ बजेर ४३ मिनेटसम्म उद्वेग बेला ।
  • दिउँसो १ बजेर ४४ मिनेटदेखि दिउँसो ३ बजेर ७ मिनेटसम्म चर बेला ।
  • दिउँसो ३ बजेर ८ मिनेटदेखि बेलुकी ४ बजेर ३२ मिनेटसम्म लाभ बेला ।
  • बेलुकी ४ बजेर ३३ मिनेटदेखि बेलुकी ७ बजेर ३२ मिनेटसम्म उद्वेग बेला ।

नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल

मध्यान्ह १२ बजेर १८ मिनेटदेखि दिउँसो १ बजेर ४२ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको ।

ब्रहा मुहूर्त

बिहान ५ बजेर ५ मिनेटदेखि बिहान ५ बजेर ५३ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) रोकिएका काम बन्नाले उत्साह जाग्नेछ भने व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । ईर्ष्या गर्नेहरू आफै किनारा लाग्नेछन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ । प्रतिस्पर्धामा पनि विजयी भइनेछ । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको योग रहेको छ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । शुभ तथा मांगलिक सभा समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
  • वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापारमा थोरै समय दिँदापनि मनग्गे आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले भनेजस्तो नतिजा हात लाग्नेछ । गीत संगित तथा मोडलिङ क्षेत्रमा समय लगानी गर्नेहरूले नाम तथा दाम दुवै कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सक्दा इज्जत तथा प्रतिष्ठामा वृद्धि भएर जानेछ । अध्ययन वा काममा सवालमा लामो दुरीको यात्राको योग रहेको छ ।
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) सामाजिक तथा परोपकारी कार्यमा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ । व्यापारमा आज गरिने लगानीबाट भविष्यमा राम्रो नाफा कमाउन सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो प्रगति गर्न सकिने हुनाले मन प्रसन्न हुनेछ । राजनीतिज्ञले जनताको काम गरी पद प्राप्त गर्ने समय रहेको छ । यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ । साँझपख धार्मिक यात्राको योग रहेको छ ।
  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) खानपान तथा मौसमको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । भौतिक सम्पत्ति तथा औजारको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घटना नहोला भन्न सकिन्न । आफन्त तथा दिदी बहिनीसँग मनमुटाब बढ्नेछ । खर्च बढ्नाले दैनिकी प्रभावित हुनेछ । तर पनि अध्ययन वा कामको सवालमा यात्राको योग रहेको छ ।  राजनीति तथा सामाजिक क्षेत्रमा जनतासँगै रहेर जनताको समस्या बुझ्न पाउँदा मन प्रसन्न हुनेछ ।
  • सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापारको सिलसिलामा छोटो दुरीको यात्रा हुने अधिक सम्भावना रहेको छ भने व्यवसायमा लगानी गरी प्रशस्त नाफा कमाउन सकिनेछ । भौतिक साधनहरू जुट्नेछन् प्रविधिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययन, लेखन, कला साहित्य तथा गीत सङ्गीतमा चासो बढ्नेछ भने तपाईँको प्रतिभाको उच्च कदर हुनेछ । प्रेम सम्बन्धमा विश्वासको वातावरण बढ्ने तथा दाम्पत्य जीवन सुमधुर बन्नेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ ।
  • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । शत्रु परास्त हुनेछन् । व्यापार तथा औद्योगिक क्षेत्रको लगानीबाट प्रशस्त आम्दानी हुनेछ । पुराना ऋण, रोग तथा शत्रुबाट छुट्करा पाइने हुनाले मन प्रसन्न हुनेछ । आफन्त तथा मावली पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाइने योग रहेको छ । यात्रा, मनोरञ्जन तथा खानपानमा समय व्यातित हुनेछ ।  राजनीतिज्ञको लागी समय उत्तम रहेको छ ।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) समय गतिसँगै चल्न नसक्दा अरूभन्दा पछि परिनेछ । पढाइ लेखाइमा मन नजाँदा पुरस्कार तथा प्रशंसा पत्र अरूकै हातमा जानेछ । प्रेममा अविश्वास सिर्जना नहोला भन्न सकिन्न । व्यापारमा लगानी गरे अनुसार प्रतिफल पाउन निकै नै मेहनत गर्नुपर्नेछ । तर पनि अग्रज तथा गुरुवरको सुझावलाई शिरोधार्य गर्दै अगाडी बढ्नुहोला । शुभ तथा मांगलिक समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) तपाईँको व्यवहारले मान्यजन तथा आमाको मन दुख्नेछ ध्यान दिनुहोला । अरूकै काममा समय बित्ने हुँदा आफ्नो काम थाती रहनेछ । विभिन्न योजनाहरू छलफलका लागी ल्याउन सकिने भए पनि सहकर्मीहरुबाटनै विरोध हुनेछ । अध्ययनमा भनेजस्तो सफलता हात लगाउन निकै मेहनतको जरुरी पर्नेछ । कुनै काम गर्दा गम्भीर हुनुहोला हतार गर्नाले काम बिग्रनेछ । प्रेममा अविश्वास बढ्ने योग रहेको छ । तर पनि यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाइने योग रहेको छ ।
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) राम्रा तथा परिणाममूखि काम हुनाले आफन्त तथा छिमेकीहरू प्रभावित हुनेछन् । पराक्रमी क्रियाकलापमा भाग लिई पुरुषार्थी काम गर्न सकिनेछ । लेख तथा रचनाको माध्यमबाट संस्कार परिवर्तन गर्न तपाईँको भूमिका महत्त्वपूर्ण रहनेछ । अध्ययनकै सवालमा यात्रा हुनेछ । भाग्यले साथ दिने हुनाले व्यापार फस्टाएर जानेछ । प्रेममा नजिक हुन सकिनेछ । राजनीति तथा सामाजिक क्षेत्रमा जनतासँगै रहेर जनताको समस्या बुझ्न पाउँदा मन प्रसन्न हुनेछ ।
  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) कार्यक्षेत्रमा तपाईँको बोलीको प्रभावले महत्त्वपूर्ण अर्थ राख्दछ । सामाजिक तथा पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । नातागोताको सहयोगले सुरु गरेको कामहरू स्वतः स्फूर्त रूपमा अगाडी बढ्नेछन् । व्यापारमा लगानी गरी आर्थिक पक्ष सुदृढ बनाउन सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय राम्रो रहेको छ । अध्ययनमा अरूभन्दा एक कदम अगाडी बढी पुरस्कार तथा प्रशंसा पत्र आफूतिर ल्याउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाइने योग रहेको छ ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) समाजमा राम्रा काम गर्न सकिने हुँदा इज्जत प्रतिष्ठामा वृद्धि हुनेछ । बन्द व्यापार फस्टाएर जाने तथा शेयर बजारमा नाफा कमाउन सकिने हुनाले आर्थिक अवस्था सुदृढ हुनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिने हुनाले मन प्रसन्न हुनेछ । नयाँ प्रविधिको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । राजनीतिमा सबैलाई मिलाएर लान सकिने हुँदा पद प्राप्तिको योग रहेको छ । परिवारका साथ रहेर मिठो मसिनो भोजन गर्ने अवसर जुर्नेछ ।
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) समय मध्यम रहेकोले पढाइ लेखाइमा भनेजस्तो प्रगति गर्न सकिने छैन । खानपान तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । माया प्रेममा धोका तथा विश्वासघात हुनेछ ।  काम गर्दा ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुन सक्छ । तापनि विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । लामो दुरीको यात्रा हुनेछ । विदेशमा बसेरा काम तथा अध्ययन गर्नेहरूका लागी समय उत्तम रहेको छ । राजनीतिक यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप