बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अमेरिकी संसद् भवनतिर बन्दुक बोकेर दौडिने पुरुष प्रहरी फन्दामा

बुधबार, ०६ फागुन २०८२, १२ : ११
बुधबार, ०६ फागुन २०८२

सारांश

  • अमेरिकाको वासिङ्टन डीसीस्थित संसद् भवनतर्फ शटगन बोकेर दौडिएका १८ वर्षीय युवक पक्राउ परेका छन्।
  • पक्राउ परेका युवक जर्जिया राज्यका हुन् र उनले ट्याक्टिकल भेस्ट र पञ्जा लगाएका थिए।
  • प्रहरीले घटनाको उद्देश्यबारे अनुसन्धान गरिरहेको छ र उनको कारबाट ग्यास मास्क र हेल्मेट फेला पारेको छ।

वासिङ्टन डीसी । अमेरिकाको वासिङ्टन डीसीस्थित संसद् भवन ‘क्यापिटल बिल्डिङ’तर्फ लोडेड शटगन बोकेर दौडिएका एक १८ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ । क्यापिटल प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति जर्जिया राज्यको स्मिर्नाका कार्टर कामाचो हुन् । उनी ट्याक्टिकल भेस्ट र पञ्जा लगाएर अतिरिक्त गोलीसहित क्यापिटल भवनतर्फ केही सय मिटर दौडिएका थिए । अधिकारीहरूले उनलाई रोकेर हतियार फाल्न आदेश दिँदा उनले आदेश पालन गर्दै भुइँमा लडेपछि नियन्त्रणमा लिइएको प्रहरी प्रमुख माइकल सुलिभनले बताए ।

घटनाको उद्देश्यबारे हालसम्म स्पष्ट नभएको तर अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । घटनाको समयमा संसद् भवनमा कुनै अधिवेशन चलिरहेको थिएन । तर संदिग्धले संसदलाई निशाना बनाउन खोजेका थिए कि भन्ने विषयमा छानबिन भइरहेको बताइएको छ । प्रहरीले नजिकैको बोटानिकल गार्डन पार्क गरिएको एक मर्सिडिज एसयूभी फेला पारेको छ । उक्त सवारीभित्र ग्यास मास्क र केभ्लार हेल्मेट भेटिएको बताइएको छ ।  सवारी संदिग्धको नाममा दर्ता नभएको र उनीबारे पूर्व जानकारी सुरक्षा निकायसँग नभएको पनि सुलिभनले बताए ।  

कामाचोविरुद्ध अवैध गतिविधि, बिना इजाजत हतियार बोकेको, दर्ता नभएको आग्नेयास्त्र तथा गोली राखेको अभियोग लगाइएको छ । यो घटना राष्ट्रपति डोनल्ड ट्रम्पले कङ्ग्रेसमा ‘स्टेट अफ द युनियन’ सम्बोधन गर्नुभन्दा एक साताअघि भएको हो । प्रहरीले उक्त कार्यक्रमको सुरक्षा तयारीमा कुनै परिवर्तन नहुने स्पष्ट पारेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप