अपडेट
निर्वाचनका लागि खटिएको सेनाकाे टाेली सवार बस दुर्घटना
बुधबार, ०६ फागुन २०८२, १६ : १९
सारांश
- भोजपुरमा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन्।
- भोजपुर नगरपालिकाबाट टेम्केमैयुङ गाउँपालिकामा बेस क्याम्प स्थापना गर्न हिँडेको सेनाको बस दुर्घटनामा परेको हो।
- दुर्घटनामा गम्भीर घाइते भएका ८ जनालाई उपचारका लागि काठमाडौं पठाइएको छ।
काठमाडौँ । भोजपुरमा निर्वाचनका लागि खटिएको नेपाली सेनाको टोली सबार बस दुर्घटना भएको छ । बुधबार भोजपुरको भोजपुर नगरपालिका ३ सेतीबगरमा बस दुर्घटना भएको हो ।
दुर्घटनामा सेनाका २४ जना घाइते भएका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि भोजपुर नगरपालिकाबाट टेम्केमैयुङ गाउँपालिकामा बेस क्याम्प स्थापना गर्न हिँडेको नेपाली सेना सवार बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिएको छ ।
श्रीनाथ गणको टोली सवार ना. ४ ख ७३१७ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । गम्भीर घाइते ८ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
बसमा चालक र सहचालकसहित २६ जना सवार थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण